तिहार अगावै खाली हुँदै गाउँ बस्ती

कामकाे खाेजीमा भारत जान थालेका नेपाली । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १० गते । बाजुरामा नेपालीहरुको महान चाँड पर्व दशै सकिएसँगै यहाँका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन् ।

दशै मनाउँन गाउँ आएका प्रदेशीहरु सबै दशै सकिएसँगै अहिले फेरि धमाधम कामको खोजीमा भारत जानथालेपछि यहाँका गाउँ बस्ती खाली हुन थालेका हुन् ।

नेपालीहरुको महान चाँड पर्व मनाउँन गाउँमा आएको थिए । अहिले दशै मनाएर फेरि कामको खोजीमा भारतमै जान लागेको बुढीगङ्गा नगरपालिका – २ बजेडीका गोकुल लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामी नेपालीहरुका लागि जसो दशै थियो । उसो दिपावली पनि हो । तर के गर्ने गाउँमै बसेर पेट पालिदैन । यहाँ केही गरौ भन्न्ने सोच त आउथ्योे । आफु सँग न धन छ नत केही गर्ने अन्य उपाय छ ।”

गाउँमा बसेर खाने केही उपाय नभएपछि फेरि अहिले गाउँ छोडेर कामको खोजीमा भारतमा जान लागेको लुहारले बताउनुभयो ।

यहाँ असोजको पहिलो हप्ता देखि अन्तिम सम्म गाउँ आउनेको निकै लहर थियो । गत वर्खाका दिन खाली भएका यहाँका गाउँ बस्ती त्यति बेला निकै भरिभराउ भएका थिए । 

अहिले दशै मनाउँन आएका सबै प्रदेशीहरु फेरि कामको खोजीमा धमाधम भारतमा जान थालेपछि  अहिले ती गाउँ बस्ती तिहार आउन अगावै खाली हुन थालेका छन् ।

असोजको पहिलो साता देखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो । भने यती बेला जिल्ला बाहिरिनेको सङ्ख्या त्यो भन्दा बढी छ । 

यहाँका मार्तडी , तिपाडा , बल्दे , बाम्का , बेतालमाण्डौ , रिठा , मालिका र डाब बजारका काउन्टरमा यती बेला भारतमा जानका लागि टिकट लिनेको निकै भिड हुने गरेको छ । 

अहिले प्रत्येक दिनमा बाजुरा देखि भारतमा जानेको निकै भिडभाड हुने गरेको बाम्का संयूक्त टिकट काउन्टरका जनक बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “असोजमा बाजुरामा आउनेको  निकै भिडभाड हुने गरेको थियो । भने अहिले बाजुरा छोड्नेको जानेको भिडभाड त्यो भन्दा बढी छ । ”

बाजुरा देखि अहिले पाँच वटा बस दैनिक भरिएर तल जाने गरेका छन् । यसमा झण्डै दुइ सय जना भन्दाबढीको हाराहारीमा यात्रु  हुन्छन् । यती मध्ये सबै भन्दाबढी भारतमा जाने यात्रु रहेको बुढाले बताउनुभयो । 

यहाँका हिमाली , जनगनाथ , स्वामिकात्तिक , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीय भोको पेट पाल्नकै लागि कामको खोजीमा बर्सेनी भारतमा जाने गर्दछन् । 

असारको महिला खेती लगाउँन आउने र त्यसपछि भारतमा जाने र फेरि दशै तिहारको बेला घरमा आउने चलन यहाँका स्थानीय पहिले देखि अहिले सम्म उस्तै रहेको छ । 

बाजुरा देखि बाहिरी ने मध्येमा करिब पाँच प्रतिशत् जति खाडी मुलुकमा जाने गरेको भएपनि  पन्चानब्बे प्रतिशत् भने रोजगारी गर्नका लागि भारतमा जाने गरेका छन् । 

पछिल्लो सयम बाजुराका नौ वटै स्थानीय तहमा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम सञ्चालनमा छन् । 

यो कार्यक्रमले यहाँका अधिकाशं व्यरोजगारहरुलाई गाउँमै रोजगारी दिने गरेको स्थानीय सरकारका स्वरोजगार संयोजक बताउँछन् ।

यहाँका १८ वर्ष देखि ५९ वर्षका  झण्डै पाँच सय युवा युवतीहरुले बर्षेनी गाउँमै रोजगारी पाउँने गरेको  जगानाथ गाउँपालिकाका रोजगार संयोजक लक्षमण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँ प्रधानमन्त्री स्वारोजगारी  कार्यक्रम मात्र सञ्चालन थियो ।  २०६७ साल देखि गाउँमा भएका व्यरोजगार युवालाई रोजगारी दिने गरि स्थानीय सरकारले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेका छौ ।”

यी कार्यक्रमले यहाँका सबै व्यरोजगारलाई गाउँमै रोजकारी दिन नसकेपनि एक वर्षेमा झण्डै पाँच सय भन्दाबढीले गाउँमै रोजगारी पाएको संयोजक जोशीले बताउनुभयो ।

प्रधान मन्त्री स्वरोगमा काम पाएकाहरुले एक जनाले एक वर्षमा झण्डै ६६ हजार ६ सय रुपियाँ पाउँने गर्दछन् । यो पैसाले यहाँका स्थानीयलाई घरधान्न निकै सहज बनाएको जोशीले बताउनुभयो ।


 












































यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?