बालविवाह गर्नेलाई कारबाही

क्याप्सन ः बालअधिकार समिति प्रतिनिधि बालविवाह गर्ने उखेडा र मिजारलाई बीस वर्ष नपुगुनजेल सम्म अलग अलग राख्ने गरी स्थानीय तह गुडनेर्वस साहस नेपाल बालकलव र स्थानीयको रोहवरमा लेखिएको कबुलियती नामा पत्र पढेर सुनाउँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, वैशाख २१ गते । बाजुराको बूढीगङ्गा नगरपालिका –४ मा उमेर नपुग्दै बालविवाह गर्ने एक जोडीलाई स्थानीय तहले कारबाही गरेको छ ।

यस अघि स्थानीय तह तथा गैरसरकारी संस्थाहरुले सानै उमेरमा विवाह गर्दा केटा र केटीको मानसिक तथा शारीरिकरुपमा असर पर्ने हुँदा सानै उमेरमा बिवाह गर्नु हुँदैन भन्ने जानकारी दिदै आएका थिए ।

बूढीगङ्गा नगरपालिका –४ मा काब्रामा बस्ने केटा र खप्तड छेडेदह गाउँपालिका ३ बस्ने एक किशोरीले उम्मेर नपुग्दै विवाह गरेपछि अहिले उनीहरुलाई स्थानीय तहले कारबाही गरिएको हो ।

बूढीगङ्गामा नगरपालिका – ४ स्थित् काब्राका १७ वर्षीया उपनाम तपेन्द्र उखेडा र खप्तड छेडेदह गाउँपालिका वडा नं ३ की उपनाम पार्वती मिजारलाई स्थानीय तहले कारबाही गरेको छ ।

उखेडाले १७ वर्षको कलिलो उमेरमा पढाइ छोडेर खप्तड छेडेदह वडा नं ३ की १८ वर्षीया पार्वती मिजार उपनाम सँग बालविवाह गरेपछि स्थानीय तहले उनीहरु दुबैलाई कारबाही गरेको हो ।

उखेडा र मिजारलाई दुवैको उमेर २० वर्ष नपुगुनजेल सम्म विवाह गर्न नपाइने गरी अलग अलग राखेको बूढीगङ्गा नगरपालिका – ४ वडा अध्यक्ष मिन शाहले बताउँनुभयो ।उहाँले, उमेर नपुग्दै विवाह गर्नु हुँदैन भन्ने विषयमा जानकारी दिदा दिदै उनीहरुले यसको उल्लङ्घन गरी बालविवाह गरेपछि अहिले उनीहरुलाई स्थानीय तहले कारबाही गरेको बताउँनुभयो ।

जब सम्म दुबै जनाको उमेर बीस वर्ष पुग्दैन तब उनीहरुले विवाह गर्न नपाउँने गरी वडा कार्यालय जनप्रतिनिधि बालकवल युवाकलवको र गुडनेर्वस साहस नेपाल र प्रहरीको रोहवरमा आ–आफ्नो घरमा बस्ने गरी छोडिएको अध्यक्ष शाहले बताउँनुभयो ।

बूढीगङ्गा नगरपालिका विभिन्न ठाउँमा उमेर नगुग्दै बालविवाह गर्ने धेरै भएपछि अहिले सरकारी गैरसरकारी जनप्रतिनिधि प्रहरी बाकलव र अभभिावकहरुको समन्वयमा बालविवाह गर्नेलाई कानुनी रुपमा कारबाही सुरु गरिएको छ ।यस भन्दा पहिला बूढीगङ्गा नगरपालिकाका विभिन्न वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको थियो ।

गुडनेर्वस इन्टरनेश्नल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गोविन्दकुमार चौधरीले, पीसविन बाजुराको प्राविधिक सहयोग तथा गुडनेवर्सको आर्थिक सहयोगमा बूढीगङ्गा नगरपालिका विभिन्न वडामा बाल समुह गठन गरिएको बताउँनुभयो ।

उहाँले, बाल समुहले स्थानीय तहको समन्वयमा बालविवाह रोक्ने अभियान सुरु गर्न थालेपछि अहिले बालविवाहमा कमी आएको बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?