वैशाखमै चार पटक भुकम्प

क्याप्सन ः वैशाख १५ गते गएकाे भुकम्पले भत्किएका हिमाली गाउँपालिका २ काेटका घर । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की

बाजुरा,वैशाख २१ गते । बाजुरामा फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिच्छ्या केन्द्रविन्दु भइ आज (बिहीबार) दिउँसो १ बजेर १७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्र विन्दु भएर ५ दशमलब ९ म्याग्नेच्युट गएको भुकम्पले दर्किएका घर वैशाखमा गएको भुकम्पले भत्काएका छन् ।

बाजुरामा एकै महिना चार पटक पटक भुकम्प गएको छ । वैशाख १५ गते एकै दिन तीन पटक र वैशाख २१ एक पटक गरी चार पटक भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको गएको सो भुकम्पले जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर पुर्णरुपमा भत्किएका थिए ।आजको भुकम्पले भने खासै क्षति नभएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख राजबहादुर भण्डारीले बताउँनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुरामा गत माघ १० गते गएको भुकम्पका कारण एक जना महिला सहित ६५ वटा भेडाबाख्रा मरेका थिए । भने १०४ पुर्ण ५०९ आँशिक र ४६३ घरमा सामान्य क्षति भएको भएको थियो । भने वैशाख १५ गते गएको भुकम्पले हिमाली गाउँपालिका २३ वटा घरपुर्ण रुपमा भत्किएका थिए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?