हल्लाउँदै भुकम्प त्रसित बन्दै विछ्याबासी


शेरबहादुर सार्की
बाजुरा,जेठ २९ गते । बाजुरामा आज फेरि भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज बिहान ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्र विन्दु भएर ५ दशमलब ९ म्याग्नेच्युट गएको थियो । त्यसै गत जेठ २१ गते पनि सोही ठाउँमा ४.१ को भुकम्प गएको थियो ।बाजुरामा एकै महिना पाँच पटक पटक भुकम्प गएको छ ।

गत माघ दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको गएको सो भुकम्पले जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ को कोट गाउँका २३ घर भत्किएका थिए ।हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर पुर्णरुपमा भत्किएका थिए ।

आजको भुकम्पले थोरै जमिन हल्लीए पनि क्षति भने नभएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख राजबहादुर भण्डारीले बताउँनुभयो ।उहाँले भन्नुभयो, एक महिना झण्डै पाँच पटक भुकम्पको गएको छ ।

भुकम्पका कारण यहाँका स्थानीय त्रसित बन्दै गएका छन् । तर भुकम्पले भने छोडेको छैन ।विछ्यामा भुकम्प गएको गएइ छ को दिनमा के गर्ने हो भन्ने डरमा विछ्याबासी दिनानु दिन त्रसित बन्दै गएको प्रमुख प्रशासकीय भण्डारीले बताउँनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?