महिलाको सिलाई प्रति आकर्षण बढ्दो

क्याप्सन ः आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन गरिएको तीन महिला सिलाई कटाइ तालिममा सहभागि भएका महिलाहरुलाई प्रमाण पत्र हस्तान्त्ररण । तस्बिर ः शेरबहादुर सार्की बाजुरा÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा ,असार २३ गते । पछिल्लो समय बाजुराका अधिकाशं महिलाहरुको सिलाई कटाई प्रति आकृषण बढ्दै गएको छ ।

दमाइ, नेपाली र आउजी लगायतका जातजातीले मात्र कपडा सिलाउँन्छन भन्ने सोचमा परिवर्तन भएपछि यती बेला बाजुराका अधिकाशं महिलाहरुको सिलाइ कटाइ प्रति चाँसो बढ्दै गएको हो ।

महिलाहरुको लागि निकै सहज हुने तथा सिलाई कटाइ व्यवसाय गर्दा मनग्य फाइदा हुने देखिएपछि पछिल्लो समय यहाँका अधिकाशं महिलाहरुको सिलाइ कटाइ प्रति चाँसो बढ्दै गएको स्थानीय बताउँछन् ।

पछिल्लो समयमा बाजुराका नौ वटै स्थानीय तहमा महिलाहरुले सिलाई कटाइ व्यवसाय गर्नका लागि स्थानीय सरकार समक्ष तालिमको माग गर्दै आएका छन् ।यसरी महिलाहरुले सिलाइ कटाइ प्रति निकै चाँसो देखाउँदै आएपछि बाजुराका स्थानीय निकायले समेत उनीहरुलाई सिलाइ कटाइ तालिमको व्यवस्था गर्दै आएका हुन् ।

स्थानीय निकायले यसरी सञ्चालन गर्दै आएको सिलाइ कटाइ सम्बन्धी तालिममा प्राय एकल अपांग असाहय गरिब तथा विभिपन्न परिवारका महिलाई विशेष प्राथमिकता दिदै आएका छन् ।

बाजुराको हिमाली, स्वामिकार्ति, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बूढीगङगा, त्रिवेणी र खप्पतड छेडेदह गाउँपालिकाले यती बेला गाउँ गाउँमा एकल अपाङग असाय तथा अन्य महिलाहरुको आर्थिक सुधार गर्ने गरी सिलाइ कटाइका साथै कपडा बुनाइ लगायतका विभिन्न तालिम सञ्चालन गर्दै आएका हुन् ।

त्रिवेणी नगरपालिकाले यो २०७९÷८० मा झण्डै एक सय भन्दाबढी महिलालाई सिलाइ कटाइ तालिम दिएको छ ।तालिममा दलित समुदायका महिला भन्दाबढी अन्य महिलाहरुको बढी सहभागिता रहेको छ ।

पछिल्लो समय सिलाइ कटाइ गरेर जीविकोपार्जन गर्न सहज हुने महिलाहरुले इच्छा गर्दै आएपछि नगरपालिकाले पनि उनीहरुलाई सिलाई कटाइ तथा बुनाइ सम्बन्धीत तीन महिने तालिमको व्यवस्था गर्दै आएको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

महिलाहरुका लागि यो व्यवसाय निकै लाभदायिक तथा सहज हुने गरेकोले उनीहरुले यो प्रति निकै चाँसो देखाउँदै आएपछि उनीहरुको इच्छा बमोजिम नै सिलाइ कटाइ तालिम दिने गरेको त्रिवेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो ,गत आर्थिक वर्षमा त्रिवेणीका नौ वटै वडामा महिलाहरुका लागि सिलाइ कटाइ तालिम सञ्चालन गरेको हो । यो तालिममा प्रत्येक वडाबाछ झण्डै २० जना महिला सहभागि गराएको बताउनुभयो ।

त्रिवेणी नगरपालिका झण्डै एक हजार ८०० भन्दाबढी महिलाहरु सिलाइ कटाइ तालिम सहभागिता रहेका छन् । यी मध्य अधिकाशंले तालिम लिएर आफैले विभिन्न बजारमा सिलाई कटाइ व्यवसाय सुरु गरेका छन् । भने कतीपय महिलाहरु तालिम लिदै गरेको न्यौपानेले बताउनुभयो ।

पछिल्लो समय नपढेका महिलाहरुका लागि यो व्यवसाय गर्न सहज देखिएको आफुले पनि सिलाई कटाइ गर्ने सोचेकी थिए ।नगरपालिकाले हामी जस्तै महिलाहरुलाई सिलाई कटाइ तालिमको आयोजना गरेपछि तालिममा सहभागि भए ।

अहिले मैले तीन महिला तालिम लिएर गाउँमा सानो सिलाइ कटाइ व्यवसया सुरु गरेको त्रिवेणी नगरपालिका वडा ४ का तोलीका सरिता साउँदले बताउनुभयो ।उहाँले भन्नुभयो, तालिम त पायौ घरको आर्थिक स्थिति निकै कम्जोर छ ।

यसमा लगानी गर्न सकिएको छैन् ।स्थानीय सरकारले अनुदानका कार्यक्रम दियो भने यो व्यवसायलाई थप बढाउँदै जाने साउँदले बताउनुभयो ।पहिलो पुस्ताका महिलाहरुको जीवन मेलापात गर्दै गयो । उहाँहरुको हातमा कुनै पनि सिप नभएकोले उनीहरुको जीवन घास पात गदै वित्यो ।

अहिले नयाँ पुस्ताका महिलाहरुलाई त्यो बेलाका जस्तो अवस्था छैन । जो अवस्था पहिला थियो ।त्यसैले अहिले गाउँका महिलाहरुलाई विभिन्न सीप सिकाउँदै उनीहरुले आफैले गाउँमा व्यवसाय गरेर जीविकोपार्जन गरुन भन्ने उद्देश्यले यती बेला स्थानीय सरकारले उनीहरुले गर्न चाहेको व्यवसाय सम्बन्धी विभिन्न प्रकारका सीप सिकाउँने गरी तालिमको आयोजना गर्दै आएको त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।उहाँले भन्नुभयो, अवका केही वर्षमा यसरी सीप सिकेर बसेका महिलाहरुलाई गाउँमै रोजगार दिने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो ।

गत आर्थिक २०७९÷८० देखि गाउँमा महिलालाई विभिन्न प्रकारका सीप मुलक तालिम दिदै आएका छौ । २०८०÷८१ मा उनीहरुले सिप सिकेर सुरु गरेका व्यवसायमा अनुदानको व्यवस्था गर्दै जाने नगरप्रमुख थापाले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?