बाजुराली सेवा समाज गोदावरीको पहिलो बैठक सम्पन्न

बैठकमा सहभागिता भएका बाजुराली सेवा समाज गाेदावरी तदर्थ समितिका पदाअधिकारीहरु । तस्बिर : सुदूरपाटी

बाजुरा, असोज २१ गते । बाजुराली सेवा समाज तदर्थ समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

गत शनिवार गोदावरीको नगरपालिका ‍-१ बसन्तपुरको शीव मन्दिरकाे प्राङ्गण बाजुराली सेवा समाज गाेवारीले  विभिन्न निर्णय गर्दै आफ्नो पहिलो बैठक सम्पन गरेको हो ।

बैठकले पहिला संस्थाको दर्ता प्रक्रियालाई अगाढी बढाउने उद्देश्यले विधान,डाटा सङ्कलन तथा प्रत्येक वडामा समेत समिति गठन गर्ने बारेमा छलफल गर्दै सोही विषय माथी निर्णय गरेको बाजुराली सेवा समाज गोदावरी तदर्थ समितिका सचिव जहरसिंह थापाले बताउनुभयो ।

उहाँले, “अहिले यो तदर्थ समिति भएकोले यसलाई मुल रुपमा लिन गोदावरी नगरपालिका भित्रमा रहेका सबै बाजुरालीहरुको तथ्याङ्क सङ्कलन गर्ने त्यसपछि यस संस्थाको विधानका बारेमा छलफल गर्ने बताउनुभयो ।

बाजुराली सेवा समाज गोदावरी तदर्थ समितिका संयोजक लोकेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले गोदावरी नगरपालिका भित्रमा रहेका १ देखि १२ वडामा समेत समिति गठन गर्ने गरी अहिले प्रत्येक वडाको एक जना संयोजक राखेको थापाले बताउनुभयो ।

पुर्खेली घर बाजुरा भएका र हाल कैलालीको गोदावरी नगरपालिकामा बसोबास गर्दै आएको बाजुरालीहरुको समाज निर्माणका लागि अहिले सबै बाजुराली दाजुभाई सक्रिय देखिदै गएपछि यो बाजुराली सेवा समाज गोदावरी गठन गरिएको बाजुराली सेवा समाज गोदावरी तदर्थ समितिका सह–सचिव गोरख रावतले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?