सडकलाई पहिलाे प्राथमिकता दिदै आएका छाै ।

पुनर्वास नगरपालिका - ११ का वडा अध्यक्ष बिनाेद अर्याल ।

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट बिनोद अर्याल निर्वाचित हुनु भएको छ ।

उहाँ २०७४ र २०७९ साल गरी दुइ पटकको स्थानीय निकायको निर्वाचनमा निर्वाचित हुनु भएको हो ।

पुर्नवास नगरपालिका वडा नं –११ को वडापालिकाको समग्र विकास गतिविधि र आगामी योजनाका बारेमा उक्त वडापालिकाका अध्यक्ष बिनोद अर्याल ज्यु सँग सुदूरपाटी मिडिया प्रालिद्धारा सञ्चालित सुदूरपाटी डट कमका प्रकाशक÷सम्पादक श्री शेरबहादुर सार्कीले गर्नुभएको कुराकानी ।

तपाई अध्यक्षमा दुइ पटक निर्वाचित हुनुभयो । यो अवधिमा के कस्ता काम गर्नुभयो ?

पहिलाका केही वर्षमा स्थानीय निकायको बारेमा बुझ्नै समय लाग्यो । त्यसपछिका वर्ष देखि बल्ल स्थानीय निकायले गर्नु पर्ने कामको बारेमा थाहा भयो ।अहिले नागरिकले भनेजतिको काम सबै गर्न नसकेपनि उहाँका केही माग भने हामीले पुरा गरेका छौ ।

पहिला यहाँका स्थानीयलाई शिक्षा स्वास्थ्य सेवा लिनका लागि अन्य वडामा जानु पर्ने अवस्था थियो । अहिले त्यो सबै सेवा हामीले वडाबाट नै दिने गरेका छौ ।

तपाइले गरेको कामबाट यहाँका स्थानीय कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीलाई जनप्रतिनिधि बनाउँने भनेकै यहाँका नागरिक हुन् । त्यसैले हामीले पनि उहाँहरुको कामलाई पहिलो प्राथमिकता दिने गरेको छौ । उनीहरुको वडाबाट हुने दैनिक काम काजलाई समेत पहिलो प्राथमिकता दिदै आएका छौ । त्यसैले यहाँका स्थानीय अहिले हामीले गर्दै आएको काम प्रति सन्तुष्ट नै छन् ।

२०८०÷०८१ को आर्थिक वर्षमा प्रास्तावित बजेट कती ल्याउनु भएको छ ? यो बजेटले कुन शिर्षकलाई बढी प्राथकिकता दिएको छ ।

२०८०÷०८१ को वडापालिकाले ५६ लाख पचास हजार रुपियाँको बजेट ल्याएको छ । यहाँका स्थानीयको माग सडक रहेकोले यो वजेटमा पनि पहिलो प्राथमिकता सडक नै राखेका छौ ।

यहाँका अधिकाशं युवा रोजगारीका लागि भारतमा जान्छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि केही रोजगार दिने योजना बनाउँनु भएको छ ?

गाउँमै बसेर केही गछौ भन्ने युवाहरुका लागि विभिन्न तालिमको आयोजना गर्दै आएका छौ । २०७९÷०८ मा २० जनालई सिलाइ कटाइ २० जनालाई पलम्बर २० जनालई गुडिया बनाउँने र १७ जनालाई ब्यूटीपार्लरको तालिम दिएका छौ । तालिम लिएका अधिकाशंले अहिले विभिन्न ठाउँमा पसल राखेर जीविकोपार्जन गर्दै आएका छन् ।

तपाइको वडापालिकाका सबै टोल सडक सञ्जालको पहुँचमा छन् ?

हाम्रो वडापालिकामा झण्डै ११ वटा टोल छन् । अहिले ती सबै टोल सडक सञ्जालको पहुँचमा रहेका छन् । केही टोलमा सडक कालोपत्रे पनि गरेका छौ । भने केही टोलका सडक यो वर्ष कालोपत्रे गर्ने योजना छ ।

व्यवरोजगार युवाका लागि तपाइको वडापालिकाले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ?

यहाँका युवालाई गाउँमै रोजगारी दिने गरी वडापालिकाले विभिन्न कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँका अधिकाशं युवाले अहिले गाउँमै कुखुरा , बाख्रा, बङ्गुर पालन गरिरहनु भएको छ । जसका कारण उनीहरुलाई घरमै बसेर जिविकोपार्जनमा सहज बनाएको छ ।

अहिले आफ्नै वडापालिकाको भवनमा बस्नु भएको छ ? या भाडामा बसेर काम गर्दै हुनुहुन्छ ।

सुरुका केही वर्ष भाडामा बसेर काम गर्यौ । वडापालिका बनाएपछि अहिले आफ्नै भवनमा बसेर काम गर्दै आएका छौ ।

तपाइको वडापालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन के कस्ता गतिविधि अगाडि बढाउनु भएको छ । 
२०७४ साल भन्दा पहिला विद्यालय र स्वास्थ्य चौकी धेरै टाढा थिए । ती विद्यालयमा जाँदा बालकालिकाहरुले निकै दुख पाउँने गरेका थिए । त्यसै स्वास्थ्य सेवा लिन पनि यहाँका स्थानीय झण्डै दुइ घण्टा जानुपथ्र्यो ।

अहिले गाउँमा एउटा मावि र एउटा गुठीद्धारा सञ्चालित प्रावि र तीन वटा निजी निमावि र आधारभूत गरी पाँच वटा विद्यालयलय वडामा सञ्चालित छन् । त्यसै वडामा एक प्राथाकिम स्वास्थ्य चौकी स्थापना गरेका छौ ।

वडामै स्थास्थय चौकी स्थापना गरेपछि अहिले यहाँका स्थानीयको दुइ घण्टा हिडेर स्वास्थ्य सेवा लिन जानु बाध्यता समेत हटेको छ ।

सरकारले एक घर एक धारा निर्माण कार्यक्रम ल्याउने भनेको छ । तपाईको वडापालिकामा अहिले खानेपानीको अवस्था के छ ?

१ हजार २६० घरपरिवार रहेको यो वडामा झण्डै ६ हजार ६७० जनसङख्या छ । यसका लागि वृहत खानेपानी योजना ल्याउनु पर्ने भएकोले वडापालिकाबाट यो रकम सम्भव छैन् ।यसका लागि अहिले विभिन्न संस्थाहरु सँग समन्वय गर्दै प्रत्येक घरघरमा खानेपानीको पहुच गर्ने योजना बनाएका छौ ।

तपाई आफुले नागरिकहरुको गरेको कामप्रति कत्तीको सन्तुष्टि हुनु भएको छ ?

हामीले वडाबाट दिदै गरेको सेवा सुविधा प्रति यहाँका स्थानीय निकै सन्तुष्टि भएका छन् । जसका कारण हामीले जनताको काम गरेको प्रति स्यमं आफु पनि निकै सन्तुष्टि छु ।

यो वडापालिकामा कृषिको अवस्था के छ ?

यो पालिकाका झण्डै ५ देखि ६ वीघा हाराहारीमा जमिन छ । यो जमिनमा खेती गर्न सिचाइको अभाव छ । यसका लागि झण्डै दुइ सय मिटर जमिनमुनी बोरिङ्ग हालेर पानी तान्नुपर्ने अवस्था छ । अहिले यहाँका स्थानीय केहीले आफ्नै बोरिङ्ग हालेका खेती गरिरहेका छन् ।

भने अधिकाशले आकाशे पानीको भरमा खेती गर्नु पर्ने अवस्था छ । यहाँका स्थानीयलाई सिचाइ सुविधा दिने गरी भूमिगत जलश्रोत कार्यालय तथा जिल्ला डिभिजन सिचाइ कार्यालय र प्रदेश सरकार सँग पहल गरिरहेका छौ ।

तपाइको वडाका सबै टोल विद्युतको पहुँचमा छन् ?

केही वर्ष पहिला यहाँका केही टोलमा विद्युत थिएन । हामीले विद्युत कार्यालयलाई समन्वय गरिसकेपछि अहिले सबै टोल टोल विद्युतको पहुँचमा छन् ।

तपाइले वडाले नै सडक कालोपत्रे गर्ने भन्नुभयो, । यो सम्भव छ ?

हामीले पहिला पनि झण्डै एक किलो मिटर सडक कालोपत्रे गरेका छौ । तयो रकम सबै वडाले नै व्यवस्थापन गरेको हो । २०८०÷०८१ प्रातावित बजेटमा पनि ३१ लाख पचास हजार रुपिँया सडक कालोपत्रेका लागि नै छट्याएका छौ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?