एक वर्षकाे अवधिमा एक हजार भन्दाबढी महिला तथा बालबालिकाकाे उद्धार

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय धनगढीले गत मङ्गलबारमा अायाेजना गरेकाे अार्थिक वर्ष २०७९/ ०८० काे वार्षिक सामाजिका लेखा पररीक्षण कार्यक्रम । तस्बिर : साैजन्य

सुदूरपश्चिम, कात्तिक २२ गते । शान्ति पुनरस्थापना गृह शाखा कार्यालय धनगढीले अार्थिक वर्ष २०७९ /०८० मा एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।

मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको 

मङ्गलवार धनगढीमा आयोजित कार्यक्रममा सार्बजनिक गरिएको एक तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा भारतसहित अन्य मुलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो ।

तीमध्ये कतिपयलाई बिदेशबाट र अन्य कतिपयलाई नेपाल-भारत सीमा नाकाबाट उद्धार गरिएको शान्ति पुनर्स्थापना गृहका सुदूरपश्चिम संयोजक संजित सिंहले बताउनुभयो ।

उहाले भन्नुभयाे, “निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाईफकाई भारतसहित विभिन्न मुलुकमा पुर्याउने घटना भइरहेका छन् । 

बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।” विभिन्न प्रलोभन दिएर ललाईफकाई निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको जानकारी सयाेजक सिहले बताउनुभयाे ।

सो अवधिमा प्रहरीको रोहवरमा एक हजार चार सय ४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६ हजार नौसय ८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको थियाे । उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरु देखिन थालेका छन् । 

इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौति थपिएको संयोजक सिंहले बताउनुभयो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसार पसारविरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले आगामी दिनमा स्थानीय तहसँग पनि हातेमालो गरी मानब बेचबिखनविरुद्धको अभियानलाई सक्रिय बनाइने बताउनुभयो ।

वि.सं.२०५० देखि काम गर्दै आएको सो संस्थाले विगतमा सिन्धुपलाञ्चोक, रसुवा, मकवानपुर ,चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा मानव बेचबिखन तथा ओसार पसार रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै सीमामा निगरानी, पैरवी, तथा जनचेतनामूलक कार्य गर्दै आएको छ ।

सो क्रममा सरोकारवाला निकाय, संस्था र व्यवसायीसँगको समन्वय तथा सम्पर्क गरेर मानब बेचबिखन तथा ओसारपसारको कामलाई हतोत्साही पार्ने, भारतलगायत तेस्रो मुलुकमा मानव बेचबिखनमा परेकाहरुलाई उद्धार गरी नेपाल फिर्ता गर्न पहल गर्ने, उद्धार पश्चात् उनीहरुलाई  सुरक्षित आवास, सीपमूलक तालिम,कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरेर परिवार र समाजमा ससम्मान पुनस्र्थापना गर्ने जस्ता गतिविधि पनि गर्दै आइएको शान्तिपुनर्स्थापना गृह शाखा कार्यालय धनगढीले जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?