प्रकोप, लास र मृत सपनाहरू

प्रकोप, लास र मृत सपनाहरू

समयबदलिन्छ र घडीको सुईको गतिबदलिन्छ ।
मौसमबदलिन्छर ?
मौसममात्रबदलिदैन ,
अर्थ बदलिन्छ ,
त्यसले
जीवनको भावबदलिन्छ,
पीडा र आँसुको गहिराइबदलिन्छ,
वृक्षहरूको रूप बदलिन्छ ,
खोलाहरूको स्वरूपबदलिन्छ ।।
जब त्यसको गड्गडाहटबढ्दछ ,
तिनीहरूप्रफुल्लितहुन्छन् ।
किनकि
तिनीहरूको शान्तस्वरूप बद्लिन्छ ,
अनिआकार र वेगबढ्छ ।
उत्साहितहुन्छन् तिनीहरू ,
लिगलिगे दौड जिते जस्तै ,
ओलम्पिकका खेल जिते जस्तै ।।
अपसोच,
अविरलवर्षाको समयका
तीखोलाहरूलाई के थाहा?
जब उर्वर खेतहरूबगर बन्छन् ,
बस्तीहरूखेतमाबिलाउँछन् ,
मान्छेहरू हराउँछन् ।।
बग्दछन् हिजोकातीमान्छेहरूमुढाहरू झैं ,
भेटिन्छन् लास बनेर खोलाकाकिनारहरूमा ।
अनि,
खोलाहरूलाई के थाहा?
आकाशलाई के थाहा?
अविरलवर्षालाई के थाहा?
तीमृत शरीर मात्रहोइनन् ,
आजकामृत सपनाहरूमात्रै होइनन्् ।।
हिजोका सपनाका सङ्ग्रहपनिहुन् ।
देशरूपान्तरणकाखम्बाहरूहुन् ।
युग परिवर्तनका संवाहकहुन् ।।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?