भुकम्पले २३ भत्किए दर्जनौ घर चर्किए

क्याप्सन ः भुम्कपका कारण हिमाली गाउँपालिका २ कोटमा भत्किएका घर । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा,वैशाख १६ गते । गत बिहिबार राती गएको भुकम्पका कारण बाजुरामा २३ वटा घर भत्किएका छन् ।बिहिबार राती ११ बजेर ४५ मिनेटमा बाजुराको दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको गएको भुकम्पले जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ को कोट गाउँका २३ घर भत्किएका हुन् ।

हिमाली गाउँपालिका वडा नं २ का अध्यक्ष रणबहादुर बुढाले भुकम्पले हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर पुर्णरुपमा भत्किएको बताउँनुभयो ।

उहाँले , गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्र विन्दु भएर ५ दशमलब ९ म्याग्नेच्युट गएको भुकम्पले चर्किएका घर यती बेला भत्किएको बताउँनुभयो ।घर भत्किएछि अहिले यहाँका स्थानीय खुल्ला आकाशमा त्रिपालमुनीको बास गरिरहेको वडा अध्यक्ष बुढाले बताउँनुभयो ।

हिमाली गाउँपालिकामा केही घर भत्किएको भन्ने कुरा जानकारीमा आएपछि प्रहरी त्यो ठाउँमा गएको र वास्तविक के कती घरमा क्षति भएको त्यसको रिपोट आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुरामा गत माघ १० गते गएको भुकम्पका कारण एक जना महिला सहित ६५ वटा भेडाबाख्रा मरेका थिए । भने १०४ पुर्ण ५०९ आँशिक र ४६३ घरमा सामान्य क्षति भएको भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?