अन्लाइन फाराम निशुल्क गरेपछि स्थानीय खुसी

क्याप्सन : जिल्ला प्रशासन कार्यालय कञ्नपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल अधिकारी ।तस्बिर : शेरबहादुर सार्की / बाजुरा

शेरबहादुर सार्की
कञ्चनपुर , साउन ५ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी अन्लाइन फाराम निशुल्क भरिन थालेपछि स्थानीय खुसी भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको बाहिर बसेका अन्लाइन फारम भर्ने व्यवसायीबाट चर्को मुल्य तिरेर अन्लाइन फारम भर्दै आएका स्थानीयहरुले यति बेला जिल्ला प्रशासन कार्यालय भित्रै निशुल्क फारम भर्न पाएपछि खुसी भएका हुन् ।

दोधारा चाँदनीका स्थानीय सर्जन सार्कीले, यो भन्दा पहिला यहाँका स्थानीय राहादनीका लागि फारम भर्न जाँदा बाहिर चर्को मुल्य अन्लाइन फारम तीर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,अहिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यो राहदानी फाराम निशुल्क भरिदिन थालेपछि निकै खुसी लागेको बताउनुभयो ।

अन्लाइन फाराम त के नागरिकता बनाउँन समेत निकै समय लाग्ने गरेको थियो । यती बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकलाई दैनिक दिने सेवा छिटो छरितो र समयमै गर्न थालेपछि यहाँका स्थानीयलाई निकै सहज भएको सार्कीले बताउनुभयो ।

पहिला राहादानी त के नागरिकता बनाउँन आउँदा समेत निकै भिड हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अहिले जुनसुकै काम पनि छिटो हुने गरेको देख्दा निकै खुसी लागेको सार्कीले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत २०८० असार २४ गते देखि राहदानीका लागि अन्लाइन फारम भर्दा निशुल्क भर्न थालेको छ ।

कार्यालय बाहिर रहेका पसलेहरुले सशुल्क लिने गरेको राहादानी अन्लाइन फारामलाई यती बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निशुल्क रुपमा भरि दिन थालेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । यो भन्दा पहिला बाहिरका पसलले राहदानी फाराम भर्न स्थानीयबाट झण्डै १५ देखि दुइ हजार रुपियाँ लिने गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीयलाई सहज हुने गरी २०८० असार २४ गते देखि त्यो सेवा आफैले निशुल्क गरिदिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।उहाँले भन्नुभयो, राहादानी फाराम भर्नका लागि धेरै भिड हुने भएकोले त्यसलाई सहज गर्न बिहान ८ देखि बेलुकी ६ बजे सम्म कार्यालय खुल्ला राख्ने गरेको बताउनुभयो ।

यो भन्दा पहिला यहाँका स्थानीयले राहादानी फाराम भरिसकेपछि पनि फोटा खिच्नका लागि पनि झण्डै एक महिना पर्खिनु पथ्र्यो । अहिले राहादानी फारम भरेको दुइ चार दिनमै फोटा खिच्न बोलाउँने गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?