सडकलाई पहिलाे प्राथमिकता दिदै आएका छाै ।

गाैरीगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष साहेब लाल चाैधरी ।

कैलाली जिल्लाको गाैरीगङ्गा  नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा साहेब लाल चाैधरी  निर्वाचित हुनु भएको छ । उहाँ २०७९ सालकाे स्थानीय निकायको निर्वाचनमा निर्वाचित हुनु भएको हो ।

गाैरीगङ्गा नरपालिका वडा नं –११ को वडापालिकाको समग्र विकास गतिविधि र आगामी योजनाका बारेमा उक्त वडापालिकाका अध्यक्ष साहेब लाल चाैधरी सँग सुदूरपाटी मिडिया प्रालिद्धारा सञ्चालित सुदूरपाटी डट कमका प्रकाशक÷सम्पादक श्री शेरबहादुर सार्कीले गर्नुभएको कुराकानी ।

तपाई अध्यक्षमा पदमा निर्वाचित भएकाे झण्डै दुइ वर्ष हुन थाल्याे याे अवधिमा के कस्ता काम गर्नुभयो ?

सडक, खानेपानी , शिक्षा र स्वास्थ्यका क्षेत्रकाे विकास गर्नमा लागि परेकाे छु । याे क्षेत्रमा नागरिकहरुले भनेजती काम गर्न नसकेपनि उनीहरुकाे राेहवरमा नै समाज सेवामा छु ।

तपाइले गरेको कामबाट यहाँका स्थानीय कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीलाई जनप्रतिनिधि बनाउँने भनेकै यहाँका नागरिक हुन् । त्यसैले हामीले पनि उहाँहरुको कामलाई पहिलो प्राथमिकता दिने गरेको छौ । उनीहरुको वडाबाट हुने दैनिक काम काजलाई समेत पहिलो प्राथमिकता दिदै आएका छौ । त्यसैले यहाँका स्थानीय अहिले हामीले गर्दै आएको काम प्रति सन्तुष्ट छन् ।

२०८०÷०८१ को आर्थिक वर्षमा प्रास्तावित बजेट कती ल्याउनु भएको छ ? यो बजेटले कुन शिर्षकलाई बढी प्राथकिकता दिएको छ ।

२०८०÷०८१ को वडापालिकाले ५६ लाख भन्दाबढी रुपियाँकाे बजेट ल्याएको छ । यहाँका स्थानीयको माग सडक रहेकोले यो वजेटमा पनि पहिलो प्राथमिकता सडक नै राखेका छौ ।

यहाँका अधिकाशं युवा रोजगारीका लागि भारतमा जान्छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि केही रोजगार दिने योजना बनाउँनु भएको छ ?

गाउँमै बसेर केही गछौ भन्ने युवाहरुका लागि विभिन्न तालिमको आयोजना गर्दै आएका छौ । सिलाइ कटाइ तालिम दिएका छौ । तालिम लिएका अधिकाशंले अहिले विभिन्न ठाउँमा पसल राखेर जीविकोपार्जन गर्दै आएका छन् ।

तपाइको वडापालिकाका सबै टोल सडक सञ्जालको पहुँचमा छन् ?

हाम्रो वडापालिकाका सबै टोल सडक सञ्जालको पहुँचमा रहेका छन् । केही टोलमा सडक कालोपत्रे पनि गरेका छौ । भने केही टोलका सडक यो वर्ष कालोपत्रे गर्ने योजना छ ।

व्यवरोजगार युवाका लागि तपाइको वडापालिकाले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ?

यहाँका युवालाई गाउँमै रोजगारी दिने गरी वडापालिकाले विभिन्न कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँका अधिकाशं युवाले अहिले गाउँमै कुखुरा , बाख्रा, बङ्गुर पालन गरिरहनु भएको छ । जसका कारण उनीहरुलाई घरमै बसेर जिविकोपार्जनमा सहज बनाएको छ ।

अहिले आफ्नै वडापालिकाको भवनमा बस्नु भएको छ ? या भाडामा बसेर काम गर्दै हुनुहुन्छ ।

सुरुका केही वर्ष भाडामा बसेर काम गर्यौ । वडापालिका बनाएपछि अहिले आफ्नै भवनमा बसेर काम गर्दै आएका छौ ।

तपाइको वडापालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन के कस्ता गतिविधि अगाडि बढाउनु भएको छ । 
२०७४ साल भन्दा पहिला विद्यालय र स्वास्थ्य चौकी धेरै टाढा थिए । ती विद्यालयमा जाँदा बालकालिकाहरुले निकै दुख पाउँने गरेका थिए । त्यसै स्वास्थ्य सेवा लिन पनि यहाँका स्थानीय झण्डै दुइ घण्टा जानुपथ्र्यो ।

अहिले गाउँमा मावि  १  निमावि  १ र आधारभूत २ गरी तीन वटा विद्यालयलय वडामा सञ्चालित छन् । त्यसै एक प्राथाकिम स्वास्थ्य केन्द्र र प्रसुती सेवा केन्द्र गरी दुइ वटा स्वास्थ्य स‌स्था रहेका स्थापना गरेका छौ ।वडामै स्थास्थय चौकी स्थापना गरेपछि अहिले यहाँका स्थानीयको दुइ घण्टा हिडेर स्वास्थ्य सेवा लिन जानु बाध्यता समेत हटेको छ ।

सरकारले एक घर एक धारा निर्माण कार्यक्रम ल्याउने भनेको छ । तपाईको वडापालिकामा अहिले खानेपानीको अवस्था के छ ?

याे वडामा ७७० घरपरिवार बसाेबास गर्दै अाएका छन् । यहाँकाे ४ हजार ६०० जनसङख्या छ । यहाँका स्थानीयलाई खानेपानीमा सहज हुने गरी ठाउँ ठाउँमा अर्टिजम बाेरिङ्ग निकाले छाै । केही वर्ष भित्रमा एक घर एक खानेपानीकाे धारा निर्माण गर्ने अभियानमा छाै  

तपाई आफुले नागरिकहरुको गरेको कामप्रति कत्तीको सन्तुष्टि हुनु भएको छ ?

हामीले वडाबाट दिदै गरेको सेवा सुविधा प्रति यहाँका स्थानीय निकै सन्तुष्टि भएका छन् । जसका कारण हामीले जनताको काम गरेको प्रति स्यमं आफु पनि निकै सन्तुष्टि छु ।

यो वडापालिकामा कृषिको अवस्था के छ ?

किसानलाई उन्नत जातकाे बीउ वितरण गरेका छाै । सिचाइकाे व्यवस्था गरेका छाै । अनुदानका कार्यक्रम लागु गरेका छाै । अहिले यहाँका कृषकले बाख्रा बङ्गुर खुकुरा लगायतका व्यवसाय गर्दै अाएका छन् ।

तपाइको वडाका सबै टोल विद्युतको पहुँचमा छन् ?

केही वर्ष पहिला यहाँका केही टोलमा विद्युत थिएन । हामीले विद्युत कार्यालयलाई समन्वय गरिसकेपछि अहिले सबै टोल टोल विद्युतको पहुँचमा छन् ।

तपाइले वडाले नै सडक कालोपत्रे गर्ने भन्नुभयो, । यो सम्भव छ ?

हामीले पहिला पनि झण्डै दश किलो मिटर सडक कालोपत्रे गरेका छौ । यस वडाका प्रत्येक टाेल अहिले सडक सञ्जालकाे पहुँचमा रहेका छन् । अहिले बाँकी रहेकाे सडकलाई पनि केही वर्ष भित्र कालाेपत्रे गर्ने तयारी गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?