अवैध तरिकाले अाैषधी पसल सञ्चालन गर्दै अाएका ११ जना भारतीय नागरिक पक्राउ

क्पासन ः दाेधारा चाँदनी नगरपालिका १ काे मिलनचाेकमा अवैध तरिकाले अाैषधी पसल सञ्चालन गर्दै अाएका भारतीय नागरिक । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की 

कञ्चनपुर असार १३ गते । कञ्चनपुर जिल्लाकाे विभिन्न ठाउँमा अवैध तरिकाले अाैषधी पसल सञ्चालन गर्दै अाएका ११ जना भारतीय नागरिक पक्राउ परेका छन् । दाेधारा चाँदनीमा लामाे समय देखि अवैध रुपमा अाैषधी सञ्चालन गर्दै अाएका ११ जना भारतीय प्रकाउ परेका हुन ।

प्रकाउ पर्नेमा भारतकाे उद्दमसिह नगर खटिमाका २६ वर्षाीय सञ्जय वश्वास भारतकाे पिलिभितनाैजय लियाका ४६ वर्षाीय राजेश विश्वास  पिलिभित महाराजपुरका ४५ वर्षाीया सन्ताेष सरकार रहेका छन् ।

त्यसै गरी पिलिभित रानिकलाैनी पाेष्ट माैजलाका ४४ वर्षाीया सुन्धास हल्दार  उद्दमसिह नगर खटिमाका २३ वर्षािया रवि विश्वास खटिमा कै २३ वर्षाीया निवास गाइन ४९ वर्षाीय निरञ्जन अधिकारी  २५ वर्षाीया भुपेन्द्र पुरी  पिलिभित न्यूरियाका  ३५ वर्षीया  शान्तिरञ्जन  बैरागी र नाेदियाका  पाेष्ट इटापुकुराका  ३९ वर्षीया  गाेकुल मण्डल रहेका छन् ।

त्यसै  गरी दाेधारा चाँदनी नगरपालिकामा  अवैधरुपमा अाैषधी पसल सञ्चालन गर्ने तथा भीमदत्त नगरपालिका ९ बह्रमदेव भीमदत्त १३ साझा चाैराहामा सञ्चालन गर्दै अाएका दुइ जना भारतीय नागरिकलाइ समेत पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

अनाधिकृत अाैषधी पसल सञ्चालन गरी नागरिककाे स्वास्थ्य माथी खेलवाड तथा  स्वास्थ्यमा जाेखिम पर्ने खालका अाैषधी बिक्री वितरण गर्ने भारतीय नागरिकलाई प्रहरीले नियन्तरणमा लिएर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा  प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले बताउँनुभयाे ।

उहाँले भन्नुभयाे, भारतीय नागरिकले बिना अनुमती बिना नेपाल  अाएर चिकित्सक हुँ भन्दै अाैषाधी पसल सञ्चालन गरेकाे पाइएपछि उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएकाे बताउँनुभयाे ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिजाे पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे हाे । अहिले उनीहरुलाई कानुनी कारबाहीका लागि अुनसन्धान गरीअभियाेजन पत्र सरकारी अविक कार्यालय मा पेश गरेका छाै । 

अाैषाधी पसलमै असुरक्षित गर्भपतन  गरेकाे अुनसन्धानकाे क्रममाा पाइएकाे छ ।प्रहरीकाे खाेजी कार्यपछि अाैषधी विभागले समेत चाँसाे देखाएकाे छ । यसरी अानाधिकृत अाैषधी पसल सञ्चालन गर्ने अन्यकाे  समेत खाेजी कार्य भइरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक डाँगीले बताउनुभयाे ।

भारतीय नागरिकले याे भन्दा पहिला पनि म्याद नाघेका अाैषधी बिक्री गरेकाे पुरा पाठ हेर्नु हाेस ।

गत कात्तिकमा महिनामा कञ्चपुरको दोधारा चाँदनीमा बङ्गालीले सञ्चालन गर्दै आएका दर्ता बिनाको क्लिनिकबाट म्याद नाघेका औषधी बिक्री गरेको भेटिएको थियाे । दोधारा चाँदनी नगरपालिका वडा नं. –१ मिलनचौकमा क्लिनिक सञ्चालन गर्दै आएका भारतका बिसाल गायकले म्याद नाघेको औषधी बिक्री गरेको भेटिएको थियाे ।

कञ्चपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. –१ पशुपती टोलका स्थानीय सर्जन सार्कीले, आफुलाई रुघा खोकी लागेकोले औषधी लिन गएको समय गायकले एसेक्लोफिनान्स प्यारा सिटामोल लगायतका म्याद नाघेको औषधी दिएको बताएका थिए।

सार्कीले आफु केही नजान्ने भएकोले बिसाल गायकले दिएको एसेक्लोफिनास र प्यारासिटामोल औषधी लिएर घरमा जान लागेको थिए । मेरो भाइले यो के को औषधी हो दाइ भनेर हेरेपछि बिसालले आफुलाई एक महिना अघिनै म्याद नाघेको औषधी दिएको बताएका थिए ।

उहाँलेभन्नुभयो, आमा, भाउजु र श्रीमति बिरामी हुँदा बिसाल गायकको क्लिनिकमा नै ल्याउने गर्थे आफुलाई औषधीको म्याद केही थाहा हुँदैन, जे औषधी दिएपनि नहेरेर नै लिने गर्थे। आज आफुलाई रुघा खोकी लागेपछि बिसाल गायकको क्लिनिकमा नै औषधी लिन आउँदा अक्टुबरमा नै  म्याद नाघेको औषधी मलाई नाेभेम्बरमा पनि त्यही अाैषाधी दिएको बताउनुभएकाे थियाे ।

बङ्गालीले मात्र औषधी राम्रो दिन्छ, र बिराम पनि चाँडै निको हुन्छ भनेपछि आफु पनि त्यहि बिसाल गायकको क्लिनिकबाट औषधी लिन गएको सार्कीले भन्नुभयो, “आफुले औषधीको बारेमा केही नजानेकोले जे औषधी दियो त्यहि लिएर घरमा जाँदै थिए । भाइले यो के को औषधी हो दाइ भनेर हेरपछि त बिसालले म्याद नाघेको औषधी दिएको रहेछ ।,,

बिसाल गायकले भारतबाट म्याद नाघेका औषधी फ्रिमा ल्याएर नेपालमा बेच्ने गरेको अधिकाशं स्थानीय बताउँछन् ।दोधारा चाँदनी नगरपालिका वडा नं.–१ पशुपति टोलका स्वास्थ्यकर्मी गङ्गादत्त अवस्थीले भन्नुभयो, बङ्गालीले झण्डै बीस वर्ष देखि मिलनचोक बसेर गैर कानुनी रुपमा औषधी बिक्री वितरण गर्दै आएको बताउनुभयो ।उहाँले भन्नुभयो, यहाँका स्थानीय धेरै सोझा भएकोले बिकास गायकले डबल डोज औषधी दिएर उनीहरुको स्वास्थ्यलाई समेत असर गर्दै आएको समेत बताउनुभयो ।

अवस्थीले भन्नुभयो, बिसाल गायकको क्लिनिकमा सधै उपचार गर्न गएका बिरामीलाई अहिले सामान्य औषधीले समेत टच नगरेको बताउनुभयो । सिएमए, एचए तथा डाक्टरको केही अध्ययन नगरेका बिसाल गायक बिगत बीस वर्ष देखि दोधारा चाँदनीको –१ को मिलनचोकमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

बङ्गाली बिसाल गायकले सामान्य बिराममा पनि कडा खालको औषधी प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।मानिसको स्वास्थ्यमाथी यसरी लापरवाही गर्ने बिसाल गायकलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने  याे भन्दा पहिला नै स्थानीयले भन्दै अाएकाे थिए ।

बङ्गालीहरुले नेपाली औषधीको पनि आफुलाई भारु पैसा लिने गरेको अधिकाशं स्थानीयले बताएका छन् ।बङ्गालीहरुले दोधारामा क्लिनिक राखेर बिरामीलाई धेरै प्रकारको औषधी पीसेर धुलो पारेर दिने गरेको पटक पटक सुनिन आएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले समेत जनाएको छ ।

गैरकानुनी रुपमा औषधी बिक्री वितरण गर्न नहुने हो , तर उनीहरु खुल्यामरुपमा बिक्री गर्दै आएका छन् ।एक महिना अघि अहिले स्थानीय सरकारले पनि दर्ता गरेर मात्र क्लिनिक सञ्चालन गर्न आग्रह गरेको थियो । तर उनीहरुले अहिले सम्म क्लिनिक दर्ता नगरेर नै लुकीछिपी औषधी वितरण गर्दै आएका थिए ।

नगरपालिकाले दर्ता बिना क्लिनिक बन्द गर्ने भनेपनि बिसाल गायकले भने खुल्यामरुपमा क्लिनिक सञ्चालन गर्दै आएका थिए । उनले क्लिनिकमा थोरै औषधी राखेपनि अन्य कोठामा धेरै औषधी लुकाएर राखेको स्थानीयले बताएका छन् ।

गायकले आएका बिरामीहरुलाई चेक चाँज नगरी सिधै सलान लगाउने र त्यसपछि औषधी दिएर घरमा पठाउँने गरेका थिए ।दोधारा चाँदनी नगरपालिका वडा नं. –१ पुशपति टोल गुल्टी सार्कीले, आफु बिरामी भएर बिसालको क्लिनिकमा गएपछि तपाईलाई सलान दिनु पर्ने हो भनेर सलान दिएपछि आफु झन बिरामी भएको बताउनुभयो ।उहाँले भन्नुभयो, आफुलाई घरमा पुग्दा बढी भएर फेरि बनबासमा गएर उपचार गरेपछि मात्र आराम भएको हो ।

बनबासामा जाँदा तपाइलाई यो औषधी दिने को हो भने त्यहाँको डाक्टर समेतले बिसाललाई रिसाएको सार्कीले बताउनुभयो ।बिसालले मात्र होइन दोधारामा अन्य बङ्गालीहरुले पनि बिना दर्ताका औषधी पसल सञ्चालन गर्दै आएका  थिए।

बङ्गालीको क्लिनिकमा औषधी उपचारका लागि पुगेका बिरामीहरुले औषधीका बारेमा सोधेपछि उल्टै थर्काएर पठाउँने गरेका छन् ।बङ्गालीहरुले दिएको औषधी म्याद नाघेको होकी होइन भनेर कसैले सोध्यो भने डाक्टर तिमि होकी म हुँ भनेर उल्टै नेपालीलाई थर्कोउने गरेका थिए ।

दाल चामल नुन तेल लगायतका दैनिक उपभोग्यका खाद्यान सामाग्री बेच्दै आएका खुर्दा तथा होलसेल व्यापारीलाई भने स्थानीय सरकारले पसल दर्ता गर्नु पर्छ भन्ने गर्छ । तर गैरकानुनीरुपमा सञ्चालन आएका ती क्लिनिकलाई भने अहिले सम्म कुनै कारबाही नगरेको स्थानीय बताउँछन् ।

यता दोधारा चाँदनी नगरपालिकाले भने गत असोजमा नै दर्ता बिनाका क्लिनिक सबै बन्द गर्ने र दर्ता गरेका क्लिनिक मात्र सुचारु गर्ने दर्ता नभएका क्लिनिकहरु कात्तिक ७ गते भित्र दर्ता गरिसक्नु पर्ने बताएको थियाे ।

गैरकानुनीरुपमा सुचारु हुँदै आएका ती क्लिनिक तुरुन्तै बन्द गर्ने र समयमै नगरपालिका लगायत सम्बन्धित् निकायमा दर्ता गरेर मात्र सुचारु गर्ने यदि नगरपालिकाको यो निमयलाई अटेर गरेर पुन गैरकानुनीरुपमा क्लिनिक सञ्चालन गरेको पाइएमा ती क्लिनिकलाई तुरुनतै बन्द गर्ने दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गा जोशीले बताउनुभएकाे थियाे ।

उहाँले भन्नुभयो, हामीले एक पटक सबै व्यापारीहरुलाई व्यवसाय दर्ता गर्नुु पर्ने भनेर सुझाव सल्लाह दिएको हो । कातिकमा तिहारको समय भएकोले हामीले छिटो अनुगमन गर्न नसकेकोले यती बेला तुरुन्तै दर्ता बिनाका क्लिनिक फेरि अनुगमन गर्ने जोशीले बताउनुभयो ।

एक महिना अगाढी मात्र दोधारामा सञ्चालन गर्दै आएको क्लिनिकहरुको अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनी रुपमा सुचारु गर्दै आएको भेटिएपछि  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सो क्लिनिक तुरुन्तै बन्द गराएको थियाे ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पहलमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको कर्मचारी समेत दोधरामा पुगेर पटक पटक अनुगमन गर्दा अधिकाशं क्लिनिक गैरकानुनीरुपमा सञ्चालन गरेको पाइएकोले ती क्लिनिकलाई लगत्तै बन्द गर्नु समेत जाानकारी िददै अाएकाे थियाे ।

फेरि पनि स्थानीयबाट यो गुनासो आएकोले औषधी व्यवस्थापन विभागको शाखा कार्यालय नेपालगञ्जलाई समन्वय गर्दै एक पटक पुन अनुगमन गर्ने र यदि भेटिएमा उनीहरुलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाढी बढाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे थियाे । 

सल्लाह दिदा दिदै अहिले पनि ती गैरकानुनीरुपमा क्लिनिक सुचारु हुँदै आएको भन्ने कुरा सुनेपछि पुन यति बेला भने जिल्ला प्रही कार्यालय कञ्चनपुरले भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

दोधारा चाँदनीमा दादागिरी देखाएर अाैषाधी पसल सञ्चालन गर्दै अाएका भारतीय नागरिक भने यती बेला प्रहरीकाे नियन्तरणमा रहेका छन् । स्थानीय सरकारले पटक पटक अाैषधि पसल बन्द गर्नु पर्ने भन्दै अाएपनि उनीहरुले दादागिरी शैली अाैषधी पसल सञ्चालन गर्दै अाएपछि प्रहरीले पक्राउ गरेकाे हाे ।यसरी अवैधरुपमा अाैषधि सञ्चालन गर्दै अाएका ११ जना भारतीय नागरिक माथी  थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?