बाढीपहिरो पीडितलाई राहात सामाग्री वितरण

क्याप्सन ः बाढीपहिरोबाट उठीवास भएका त्रिवेणी नगरपालिका ६ फल्नेतोलाका दलित परिवारलाई नगरप्रमुख कर्णबाहदुर थापा राहात सामाग्री विरतण गर्दै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, साउन ३० गते । बाजुराको त्रिवेणी नगरपालिकाले यती बेला बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण कार्य सुरु गरेको छ ।

गत साउनको पहिलो साता देखि लगातार परेको अविरल वर्षातका कारण प्रभावित भएका बस्तीमा राहात सामाग्री विरतण कार्य सुरु गरेको हो । यती बेला बाढीपहिरोबाट प्रभावित भएको त्रिवेणी –६ को फल्नेतोलाका झण्डै १५ घरपरिवारलाई राहात वितरण गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

साउन महिनामा लगातार परेको अविरल वर्षातले गाउँ माथीबाट गएको पहिरोले त्रिवेणी नगरपालिका –६ को फल्नेतोलाका १५ दलित परिवारको उठिवास भएको थियाे । पहिरोले उठीबास गराएका ती त्रिवेणी नगरपालिका –६ फल्नेताला १५ घरपरिवारहरु यती बेला गाउँ नजिकैको विद्यालयमा बसोवास गर्दै आएका छन् ।

घर पहिरोको जोखिममा रहेकोले यती बेला विद्यालयमा बसोबास गरिरहेको त्रिवेणी नगरपालिका वडा नं –६ दलित बस्तीका स्थानीय गोल्सन विकले बताउनुभयो । उहाँले, पहिला गाउँमा एक विद्यालय थियो । केही वर्ष अघि त्यो विद्यालय अर्को विद्यालयमा मर्च भएकोले अहिले फल्नेतोलाका १५ दलित परिवार त्यसैमा बसोवास गरिहरको बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित घरपरिवारका लागि अहिले तत्काल त्रिपाल, टिर्फम, कम्बल लगायतका सामाग्री वितरण गरेको त्रिवेणी नगरपालिका –८ वडा अध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो । उहाँले, यती बेला त्रिवेणीका दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । सबै भन्दाबढी त्रिवेणी नगरपालिका वडा नं –८ को बमटोल र –६ को फल्नेतोलाका दलित बस्तीको उठिबास भएको बताउनुभयो ।ती बस्तीका स्थानीयलाई अहिले अस्थायीरुपमा सुरक्षित ठाउँमा बास गराउँदै आवश्यक राहत सामाग्री समेत वितरण गर्ने काम सुरु गरेको बुढाले बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित बनेका बस्तीमा गास बास र कपासका साथै खानेपानी स्वास्थ्य शिक्षाको अति आवश्यक परेकोले सोही अनुसार नगरपालिकाले व्यवस्था गर्ने गरी राहातको दिने तयारी गर्दै आएको त्रिवोणी नगरपालिका नगरप्रमुख कर्णबहादुुर थापाले बताउनुभयो । उहाँले, बाटो बन्द भएकोले अहिले खाद्यान ढुवानीमा समस्या छ । बाटो खुल्ने वित्तिकै खाद्यान ढुवानी गरी पहिरोको जोखिमा परेका घरपरिवालाई वितरण गर्ने बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित् भएका त्रिवेणी नगरपालिका गाउँ बस्तीलाई स्थायीरुपमा सुरक्षित ठाउँमा बसोबास गर्ने गरी यती बेला स्थानीय सरकारले जिल्ला विपत व्यवस्थापन समिति प्रदेश र सङघीय सरकार सँग पनि समन्वय गर्दै आएको त्रिवेणी नगरपालिका प्रमुख थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?