बिरामीको मन जित्दै अत्तरिया अस्पताल

क्याप्सन ः कैलालीकाे गाेदावरी नगरपालिका २ काे महेन्द्ररनगर राेड साइडमा रहेकाे अत्तरिया अस्पताल । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
कैलाली, भदौ ९ गते । २०७९ सालमा जेष्ठ १७ गते स्थापना भएको अत्तरिया अस्पताल पछिल्लो समय अधिकाशं बिरामीहरुको रोजाइमा पर्ने गरेको छ ।

सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला तथा अन्य ठाउँबाट उपचारका लागि आएका बिरामीहरुलाई निको पारेर घर फर्किन थालेपछि पछिल्लो समय अत्तरिया अस्पताल बिरामीको रोजाइमा परेको हो ।

बाजुराको बडिमालिका नगरपालिका –२ का ६७ वर्षीया जित गुयालले, आफुले पेटको उपचारका लागि धेरै ठाउँमा धाए । तर कतै ठिक भएन । अन्तिममा अत्तरिया अस्पताल आएपछि बल्ल मेरो पेट दुख्ने निको भएको बताउनुभयो ।

उहाँले, पेट दुख्ने रोग निको नहुँदा आफु निकै दुखित भएको थिए । एक जना सरले मेरो छोरालाई अत्तरिया अस्पतामा ल्याउनु त्यहाँ पेटको दुखाइको उपचार हुन सक्छ भनेपछि अत्तरिया  अस्पतालमा आएर भिडियो एकसेर गरे पीत्तथैलीमा पत्थरीया देखियो ।  अनी यहाँ डाक्टरले त्यसको राम्रो सँग अप्रेसन ग¥यो । त्यसपछि अहिले पेट दुख्ने रोग निको भएपछि आफु निकै खुसी भएको बताउनुभयो ।

बयालपाटाले रिफर गरेका अधिकाशं बिरामीहरु थप उचारका लागि धनगढी नेपालगञ्ज लगायतका विभिन्न ठाउँमा जाने गर्छन् । आफुले पनि त्यसै ठाउँमा जानु पर्छ सोचेको थिए । मेरो छोराले त्यहाँ हुने सबै उपचार अहिले कैलालीको अत्तरिया अस्पतालमै हुन्छ । भनेपछि म यहाँ आएको हुँ । यता आउँदा थोरै पैसाले रोग निको भएपछि आफु धेरै खुसी भएको गुयालले बताउनुभयो ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड दायाँ साइडमा अवस्थित अत्तरिया अस्पतलाले पछिल्लो समय विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । जसमा प्रत्येक दिन विशेषज्ञ चिकित्सक द्धारा ओपीडी सेवा , २४ घण्टा ईमरजेन्सी, फार्मेसी,आइसीयु, एन आईसीयु, सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसै गरी दुर्बिन प्रविधिद्धारा, पित्तथैली लगायतका सम्पुर्ण अप्रेसन,स्त्री रोग तथा प्रसुती, हाडजोर्नी तथा नशा रोगको अप्रेशन मुटु ,पेट छाती, थाईराइड ,कलेजो, मृगौला तथा सुगर प्रेसरको , नवजात,शिशु तथा बालरोग,नाक कान घाटी, मानसिक तथा नशारोग, यौन छाला रोगको उपचार हुन्छ ।

त्यसै गरी छाला तथा सौन्दर्य विशेषज्ञ डिजिटल एक्सरे भिडियो एक्सरे इन्डोस्कोपी,मुटुको भिडियो एक्सरे अत्याआधुनिक प्रयोग साला, एसी नोन एसी क्याबिन, छुट्टा छुट्टै सुविधा सम्पन्न महिला पुुरुष जनरलवार्ड लगायतका सम्पुर्ण सेवाहरु समेत अस्पतलाले उपलब्ध गर्दै आएको अत्तरिया अस्पतालका प्रशासकीय प्रमुख डिल्लीराज पाठकले बताउनुभयाे ।

हाम्रो उद्देश्य भनेको अस्पतालमा उपचारका लागि आएका सबै बिरामीहरुको रोग निको होस भन्ने हो । यहि अनुसार म लगायत मेरा अन्य सबै स्टाफ साथीहरु पनि बिरामीहरुको सेवामा सधै तल्लिन भएका हुन्छौ ।हामीले हाम्रो ज्ञान बुद्धि विवेकले भ्याए सम्म उपचारका लागि अस्पतालमा आएका बिरामीहरुको उपचार गर्ने गरेकाे अत्तरिया अस्पतालका डाक्टर आनन्द पाठकले बताउनुभयो ।

उहाँले, कुनै पनि रोगले यो गरिब हो । यसलाई आर्थिक समस्या छ भन्दैन तसर्थ हामीले यस्ता सामाजिक आर्थिक गरिब विपन्न तथा घरपरवारको अवस्था कम्जोर छ भने उहाँलाई अवस्था हेरी व्यवस्था गर्ने गरेको बताउनुभयो । यसमा पनि विशेष दलित एकल अपागं असहायहरुलाई प्रहिलो प्राथमिकता दिदै आएको डाक्टर आनन्द पाठकले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?