बस आउँछन् बसपार्क छैन

क्याप्सन ः मार्तडीमा बसपार्क नहुँदा सकडको छेउमै पार्किङ्क गरिरहेका सवारी साधन । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, भदौ १९ गते । जिल्ला सदरमुकाम मार्तडीमा बस पुग्न थालेको झण्डै १० वर्ष भयो ।

देशका विभिन्न सहरबाट लामो दुरीका दश वटा सवारी साधान दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् ।

काठमाण्डौबाट १ नेपालगञ्जबाट १ महेन्द्रनगरबाट ४ धनगढीबाट ३ अत्तरियाबाट १ गरी दैनिक दश वटा बस सदरमुकाम मार्तडीमा नै पुग्ने गरेका छन् ।

जिल्ला सदुरमुकाम मार्तडीमा बसपार्क छैन् । बसपार्क नहुँदा दैनिक पार्किङ्गको समस्या हुने गरेको सु.प.प्र ०१ ख ३०५४ बस साहु रामचन्द्र गिरीले बताउनुभयो ।

उहाँले, मार्तडीमा बस पुग्ने गरेको दश वर्ष भएपनि अँझै बसपार्कको व्यवस्था नभएकोले ती बसलाई अहिले नेपाल टेलिकम, तुफान डाँडा र गैरी बजार सडकको छेउँमै राख्ने गरेको बताउनुभयो ।

यसरी सडकको छेउमा बस राख्दा पनि गत असार र साउँनमा तीन चार गाडीका सिसा समेत तोडफोड भएका छन् । बस सडकमा राख्दा पनि बस क्षति हुने र स्थानीयलाई समेत आउजाउमा समस्या हुने गरेकोले समयमै मार्तडीमा बसपार्कको व्यवस्था हुनु पर्ने गिरीले बताउनुभयो ।

मार्तडीमा सडक साँगुरा छन् । उसै माथी ठुलाठुला बस सडकमै राख्ने गरेकोले यहाँका स्थानीयलाई टेलिकम सम्म आउजाउ गर्न निकै समस्या हुने गरेको गैरीबजारबासी बताउँछन् ।

२०७० साल फागुन १४ गते देखि मार्तडीमा बस सेवा सुचारु भएपनि अहिले सम्म यहाँ बसपार्क नहुँदा बस सडकको छेउँमै पार्किङ्ग हुने गरेका हुन् ।

काठमाण्डौ, नेपालगञ्ज धनगडी महेन्द्रनगर र अत्तरिया देखि बाजुरामा आउने सबै बस यती बेला सडकको छेउमै पार्किङ्क गर्दै आएको मार्तडीको गैरीबजार टिकट काउन्टर प्रमुख जिवन थापाले बताउनुभयो ।

उहाँले, बाजुरामा दैनिक १० वटा बस आउँछन । ती बस राख्न बसपार्क छैन् । अन्य कतै ठाउँ छैन् । बाध्यताले सडकको छेउँमै पार्किङ्ग गर्नु परेको बताउनुभयो ।

यसरी गाडी सडकमै पार्किङ्क गर्दा एका तिर दुर्घटना बढ्दै गएको छ । भने अर्को यात्रुलाई समेत निकै सास्ती खेप्दै आउनु परेको काउन्टर प्रमुख थापाले बताउनुभयो ।

प्रहरीले गाडी सडकमा राख्नु हुँदैन भन्नुहुन्छ तर यता बस राख्न बसपार्क छैन् । गाडी राख्न अन्य कतै ठाउँ छैन् । त्यसपछि हामीले बाध्यताले बसलाई सडकको छेउछाउमै राख्नु परेको चालक धनबहादुर बोहराले बताउनुभयो ।

यो समस्या मार्तडीमा मात्र होइन । जिल्लाको अधिकाशं ठाउँमा समेत यस्तै छ । बाजुराको मालिका, रिठा,बेताल्माण्डौ,बाम्का, फालासैन, ताँप्रीसेरा, बल्दे लगायतका ठाउँमा समेत बस काउन्टर छन । त्यहाँ गाडी पनि सधै रोकिन्छन् । तर बस राख्ने ठाउँ छैन ।

बाजुराका ती ठाउँमा समेत बस पार्किङ्गको व्यवस्था नहुँदा र गाडी सडकमै राख्ने गरेकोले स्थानीय दुर्घटनाको जोखिम मोहल्दै आउनु परेको बुढीगंङ्गा नगरपालिका २ बल्देका स्थानीय वीर केसीले बताउनुभयो छ ।

साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटीगाड देखि मार्तडी सम्म सडक कालोपत्रे भएपनि बसपार्कको भने अहिले सम्म व्यवस्था गर्न सकेको छैन । बडिमालिका नगरपालिका –८ को पाल्तमा बसपार्क बन्न लागेको झण्डै चार वर्ष भयो । तर पनि काम सम्पन्न भएको छैन् ।

यता स्थानीयलाई बसपार्क नहुँदा सामान बोकेर सडकमा पु¥याउनु पर्ने बाध्यता छ । सडकको दायाँ र बायाँ किनारमा बस, जिपहरू पार्किङग गरिएका हुन्छन् । भारी बोकेर मानिसलाई हिँड्नै अप्ठ्यारो भएको यात्रुले दुखेसो गर्दै आएका छन् ।

सडकमा पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ्ग गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सहज,व्यवस्थित, हुने गरी बसपार्क निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि अहिले सम्म मार्तडीमा जमिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ ।  किन्दा पनि जमिन मिलेको छैन् । जमिन नमिल्दा मार्तडीमा बसपार्कको व्यवस्था हुन नसकेको बडिमालिका नगरपालिकाका प्रमखु अम्मर खड्काले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?