ब्रह्मदेव नाकामा पनि दिप प्रज्वलन

क्याप्पन ः १७ अाै अन्तराष्ट्रिय मानव बेचविखन विरुद्ध दिवसकाे अवसरमा बह्रमदेव सम्पर्क कार्यालयले बह्रमदेव नाकाममा गरेकाे दिपप्रज्वलन कार्यक्रमका सहभागि। तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
कञ्चनपुर ,भदौ २० गते । शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय अन्तर्गत सम्पर्क कार्यालयले बह्रमदेवले पनि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवसको भव्यरुपमा मनाइको छ ।

“सामाजिक न्याय र आर्थिक शसक्तीकरण,मानव बेचविखनको निर्मुलन,, भन्ने मुल नाराका साथ सो कार्यालयले आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवसलाई भव्यरुपमा मनाइको हो ।

सो कार्यालयले पनि भिमदत्त नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ज्युको अध्यक्षतामा बह्रमदेव नाकामा दिप प्रज्वलन गरी कार्यक्रम सम्पन्न गरिएको शान्ति पुनरस्र्थाना गृह शाखा कार्यालयको सम्पर्क कार्यालय बह्रमदेबका परामर्शदाता ललिता जोशीले बताउनुभयो ।

उहाँले , यो दिप प्रज्वलन कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं ९ का अध्यक्ष तथा महिला प्रतिनिधि इलाका प्रहरी कार्यालय ब्रह्म्देवका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल बिओपि ब्रह्मदेवका प्रतिनिधिहरु ,बुद्धिजीवी समाजसेवी ,स्थायी ट्राफिक प्रहरी पोष्ट ब्रह्म्देवका प्रतिनिधि र शान्ति पुर्नरस्थापना गृहका कर्मचारी लगायतको सहभागिता रहेको बताउनुभयो ।

नेपालमा अबैध लागु औषध र हात हतियार कारोवार पछि मानव बेचविखन तथा ओसार पसार एक मुख्य समस्याको रुपमा देखिएको छ । महिला तथा बालवालिका र व्यस्क पुरुष समेत यो अपराधबाट अत्याधिक रुपमा पीडित हुँदै आएका छन् ।

कमारा कमारी बधुँवा तथा दासप्रथा हुँदै आजको युगमा आधुनिक दासताको रुपमा मानव ओसार पसारलाई लिन सकिन्छ । यी र यस्तै गतिविधि रोक्नलाई यो कार्यक्रमले यहाँका स्थानीयलाई निकै उत्पे्ररित गरेको बह्रमदेव सम्पर्क कार्यालयका परामर्शदाता जोशीले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?