नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ

क्याप्सन ःचिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी  बिक्री गर्ने भारतीय नागरिक । तस्बिरः प्रहरी

धनगढी, भदौ २५ गते । चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी  बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका –२ स्थित रमेशकुमार सैजुको कच्ची टहरामा नक्कली मह बनाउँदैगरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित जिल्ला बस्ती पोओ, देवापार थाना नगरग्राम बकसरका ३० वर्षीय जुमाइदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी कच्ची टहरा भाडामा लिएर बस्दै आएका थिए । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?