जमिन अझै हल्लाइरहेको छ : प्रजिअ पाण्डे

काठमाडौं, असोज १६ गते । बझाङमा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार भूकम्प पछि पनि पराकम्प आइरहेको छ । उहाँले ४ बजेर १० मिनेटसम्मको अवधिमा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।

‘‘जयपृथ्वी लोकमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको छ, हामी बसेको जमिन हल्लिइरहेको छ, उद्धारका लागि हामी तयारी अवस्था मै छौं,’’ प्रजिअ पाण्डले भन्नुभयो ।

उहाँले त्यसो भने पनि घर भत्किएका तस्बिर प्राप्त हुन थालेका छन् ।

आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको हो । आज मङ्गलबार दिउँसो ३.०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो ।

यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प एको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो  । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?