भुकम्प पीडितलाई त्रिपाल वितरण

क्पाप्सन ः खप्तड छेडेदह गाँउपालिका २ का वडा अध्यक्ष भक्त बुढा भुकम्प पीडितलाई त्रिपाल वितरण गर्दै । तस्बिर ः सुद

शेरबहादुर सार्की
बाजुरा, असोज २० गते । बाजुराका स्थानीय निकायले भुकम्प पीडितलाई त्रिपाल वितरण गर्ने काम सुरु गरेको छ ।

असोज १६ गते दिउँसो २ः४० बजे बझाङको तल्कोट आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केल र चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्पले बाजुरामा एक हजार ४१४ घरपरिवारकाे घरबास विहिन भएको छ ।

भुकम्पले घरबास विहिन भएकारुहलाई सुरुक्षित ठाउँमा बसोवास गर्ने गरी यती बेला पहिलो चरणमा स्थानीय निकायले त्रिपाल वितरण गर्ने काम सुरु गरेको हो ।

भुकम्पका कारण घरबास विहिन भएका खप्तड छेडेदह गाउँपालिका –२ पीपलगाउँ माटेसाँगु ,गाँज्रा मतर्फु लगायतका स्थानीयलाई सुरक्षित ठाउँमा बसोबास गर्ने गरी पहिलो चरणमा उनीहरुलाई त्रिपाल वितरण गरेको खप्तड छेडेदह गाउँपालिका –२ का वडा अध्यक्ष भक्त बुढाले बताउनुभयो ।

उहाँले भननुभयो , यहाँका अधिकाशं घरपरिवारको भुकम्पका कारण घरबास विहिन भएको छ । अहिले उनीहरुलाई तत्काल सुरक्षित ठाउँमा बसोबास गर्नका लागि पहिलो चरणमा त्रिपालको व्यवस्था गर्दै आएको हो ।

भुकम्पले खप्तड छेडेदह गाउँपालिका –२ मा झण्डै ८८९ पुर्ण र ती हजार दुइ सय घर आँशिक रुपमा क्षति भएको अध्यक्ष बुढाले बताउनुभयो ।

त्यसै गरी खप्तड छेडेदह गाउँपालिका –५ को डोगडीका २३ र वडा नं –६ मैतोलाका १० र वडा नं –७ आटिचौरका ११ वडा नं –४ गुदुगातीका ६ जना घरपरिवारलाई त्रिपाल वितरण गरेको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसु नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाको पुरै टिम भुकम्प प्रभावित क्षेत्रमा गएर कहाँ कसको के कती क्षति भएको छ । त्यो सबै विवरण संकलन गर्दै आएको छ । त्यसको एकिन डाटा लिएर गाउँपालिकामा पुगेपछि बल्ल अन्य राहतको व्यवस्था गर्ने तयारी गर्ने बताउनुभयो ।

त्यसै गरी जिल्लाका अन्य स्थानीय निकायहरुले पनि भुकम्प प्रभावित गाउँ बस्तीको डाटा संकलन गरेर राहत दिने योजना गर्दै आएका छन् । यती बेलाको भुकम्पले अधिकाशं भौतिक संरचानमा ठुलो क्षति गरेकोले भुकम्पबाट प्रभावित गाउँ बस्तीका स्थानीयलाई सोही अनुसार को सुझाव सल्लाह र पहिलो चरणमा त्रिपाल वितरण गर्दै आएका हुन् ।

त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले, त्रिवेणीका १८५ घर पुर्ण र ८०० घरपरिवार आशिँक रुपमा क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उनीहरुलाई सुरक्षित स्थानमा बसोबास गर्ने गरी पहिलो चरणमा त्रिपालको व्यवस्था गर्दै आएको बताउनुभयो ।,,

त्यसै गरी बूढीगङ्गा, बडिमालिका बूढीनन्दा र गौमुल लगायतका स्थानीय तहले पनि भुकम्पबाट प्रभावित घरपरिवारलाई राहतको व्यवस्था गर्ने गरी तथ्याक सङ्कलन गर्दै आएका छन् ।

बाजुराका अधिकाशं ठाउँमा भुकम्पले धेरैको घरवासमा क्षति गरेकोले सोही अुनसार राहतको व्यवस्था गर्ने तयारी रहेको जिल्ला प्रशसान कार्यालय बाजुराका भिम्कान्त पौडेलले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?