लैङ्गिक हिंसा तथा मानव बेचिबखन विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न

बह्रमदेव शाखाले गरेकाे लैङ्गिक हिंसा तथा मानव बेचिबखन विरुद्ध जनचेतना मुलक कार्यक्रम । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की
कञ्चनपुर, मङ्सिर १२ गते । शान्ति पुनस्र्थापना गृह सम्पर्क कार्यालय ब्रहमदेवले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा लैङ्गिक हिंसा तथा मानव बेचबिखन विरुद्धमा विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता महिला र बालबालिकामा लगानिको ऐकबद्धता ” भन्ने मुल नाराका साथ कञ्चनपुरको सिमावती क्षेत्र सिवटोलमा समुदाय स्तर लैङ्गिक हिंसा सचेतीकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको शान्ति पुनस्र्थापना गृह सम्पर्क कार्यालय ब्रहमदेवका परामर्शदाता ललिता जोशीले बताउनुभयो ।

उहाँले , “ कार्यक्रममा इलाका प्रहरी कार्यालय गड्डा प्रहरी नायव निरीक्षक र प्रतिनिधि ज्यु , सशस्त्र प्रहरी बल नेपाल विओपी ब्रहमदेवका सशस्त्र प्रहरी निरीक्षक र प्रतिनिधि ज्यु, भिमदत्त नगरपालिका वडा नं ९ ब्रहमदेवका वडा अध्यक्ष ज्यु,समाजसेवी, स्थानीय बुद्धिजीवीहरु,स्थानियबासी सुरक्षाकर्मी सहभागिता रहेको बताउनुभयाे ।

समाज रुपान्त्ररणको क्षेत्रमा शान्ति पुनरस्र्थापना गृहले प्रभावकारीले काम गर्दै आएकोले कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

भिमदत्त नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गगनसिंह कार्कीले ,यो भन्दा पहिला पनि शान्ति पुरनस्र्थापना गृह कञ्चनपुरले जातीय छुवाछुत तथा विभेद , लैगिय विभेद , छाउप्रथा, विरुद्ध विभिन्न अभियान गर्दै आएको बताउनुभयाे ।

समाज रुपान्त्ररणका लागि सम्वाहकको रुपमा रहेको शान्ति पुनरस्र्थापना गृह कञ्चनपुरले समाजमा भएको विकृति तथा विसङ्गीलाई हटाउँदै समृद्ध समाज निर्माणको काममा निकै ठुलो सहयोग गर्दै आएको छ ।

त्यति मात्र कहाँ हो सुपका बाजुरा, बझाग , अछाम, डडेलधुरा, बैतडी दार्जुला ,डोटी,कैलाली र कञ्चनपुर लगायतका जिल्लाबाट दलालको हातमा परेर दुख कष्टमा परेका हजारौ महिला तथा बालबालिकाको समेत उद्धार गरेको छ ।

गृहका कर्मचारीको सक्रीयताले नै दलालको पञ्जामा परेका ती हजारौ बालबालिका तथा महिलाहरुको सहजै उद्धार भएको स्थानीय बताउँछन् ।

मानव बेचविखन विरुद्धको अभियानमा शान्ति पुनरस्थार्पना गृह निरन्तर लागि परेको जोशीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?