पैँतिस सय घर पुर्ण जोखिममा

क्याप्सन : भुकम्पकाे जाेखिममा परेका बाजुराका घर । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , मङ्सिर १७ गते । भुकम्पका कारण बाजुराका पैँतिस सय भन्दाबढी घर पुर्ण जोखिममा रहेका छन् ।

२०७९ माघ १० गते र २०८० असोज १६ गते गएको भुकम्पका कारण बाजुराका पैँतिस सय भन्दाबढी घर पुर्ण जोखिममा रहेका हुन् ।

भुकम्पका कारण बाजुरामा १४ सय घर पुर्ण भत्किएको र तीन हजार पाँच सय भन्दाबढी घर बस्न लायक नभएको जिल्ला रेडक्रस शाखा बाजुराले जनाएको छ ।

भुकम्म प्रभावित क्षेत्रमा पुगेर दुइ महिना सम्म तथ्याङ्क सङ्कलन गर्दा एक हजार चार सय पुर्ण क्षति र तीन हजार पाँच सय भन्दाबढी घरमा बस्न लायक नभएको जिल्ला रेडक्रस शाखा बाजुराका सभापति मेखराज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ बाजुरामा चार हजार पाँच सयम भन्दा बढी घरपरिवार भुकम्पबाट निकै प्रभावित भएका छन् । अहिले उनीहरुलाई अस्थायी रुपमा बसोबास गर्ने गरी विभिनन ठाउँबाट राहतको व्यवस्था मिलाउने तयारी भएको छ ।”

जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा सबै भन्दाबढी क्षति भएको छ । यहाँका डोगडी काँडा , जयवाग्यश्वरी गुदू , लिसाना , आटिचौर लगायतका गाउँ बस्तीमा निकै क्षति भएकोले सो क्षेत्रका स्थानीयलाई अहिले खाद्यान त्रिपाल लुगा कपडा लगायतका राहत सामाग्री समेत वितरण गर्दै आएको सभापती जैशीले बताउनुभयो ।

त्यसै २०७९ माघ १० गते गएको भुकम्पले गौमुल , हिमाली , बूढीगङ्गा , बडिमालिका नगरपालिका लगायतका अधिकाशं घर चिरा चिरा परेको र २०८० असोज १६ गते गएको भुकम्पले ती घरमा नै ठुलो क्षति गरेको हो ।

बाजुराको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , बूढीगङ्गा , खप्तड छेडेदह र त्रिवेणीमा लगायतका गाउँ बस्तीमा प्राय माटो र ढुङ्गाले निर्माण गरिएका कच्चि घर घन् । अधिकाशं घर धेरै पुराना छन् । भुकम्पले ती घर सबै भन्दा बढी क्षति गरेको यहाँका स्थानी बताउछन् ।

भुकम्पले घर भत्किएपछि यहाँका अधिकाशं स्थानीय यती बेला त्रिपालको भरमा चिसो रात काट्न बाध्य भएको छेडेदह गाउँपालिका ५ का स्थानीय जीत सार्कीले बताउनुभयोे ।

उहाँले भन्नुभयो , “तातो समयमा बाहिर बस्न सहज भएपनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या हुदै गएको छ । ”

छोरा छोरीलाई त्रिपालमा राख्दा रुघाकोखी निमोनिया लगायतका रोगका बिरामी हुने गरेको स्थानीय जित सर्कीले बताउनुभयो ।

उसो त यो समस्या सार्कीको मात्र होइन । हिमाली , जगनाथ, स्वामिकार्तिक , बूढीनन्दा , बडिमालिका , गौमुल , त्रिवेणी , बूढीगङ्गा र खप्तड छेडेदह गाउँपालिका लगायतका भुकम्पबाट प्रभावित भएका हजारौ स्थानीयलाई पनि चिसोमा कसरी बाहिर बस्ने भन्ने चिन्ता छ ।

यहाँका स्थानीयलाई भुकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास गर्दै आउनु परेको छ । अस्थायी आवासको लागि मन्त्रालयबाट १४ करोड रुपियाँ आएको जिल्लामा पुगिसेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला व्यवपस्थापन समिति बाजुरका संयोजक भिमकान्त पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो रकम जसको वास्तविक घर पुर्णरुपमा क्षति भएको छ । त्यसलाई नै दिने फेरि स्थानीय निकायलाई तथ्याङ्क माग गरेको छ ।”

भुकम्प पीडितका लागि अस्थानीय आवासको ढाँचा समेत मन्त्रालयले पठाएको छ । सोही अुनसार बाजुराका भुकम्प पीडितले अस्थायी आवास निर्माण गर्ने गरी रकम उलब्ध गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकशरी पौडेलले बताउनुभयो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?