एक सय असी जनाले लगाए दादुरा रुवेला खोप

गौरीगङ्गा नगरपालिकाका वडा नं ११ मा रहेको शिव आधारभूतमा खोप केन्द्रमा सहभागि भएका बालबालिकाहरुलाइ खाेप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : सुरेश भूल

सुरेश भुल
कैलाली,फागुन १४ गते । जिल्लाको गौरीगङ्गा नगरपालिकाका वडा नं ११ मा रहेको शिव आधारभूतमा खोप केन्द्रमा १८० जनाले खोप लगाएका छन् ।

गौरीगङ्गा नगरपालिकाका वडा न. ११ का चैन्द्रैया ,झण्झडपुर , डम्मारीपूर र डेडीगाउँका झण्डै १८० जनाबालबालिकाले दादुरा रुवेला खोप लगाएको शिव आधारभूत विद्यालयको खोप केन्द्रका इन्र्चाज रामदत्त भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फागुन १३ गते सञ्चालन भएको दादुरा रुवेला खोप अभियानमा यहाँका १८० जनालाई खोप लगाएका हुन् । ”

फागुन १३ र १४ गते शिव आधारभूतमा र १५ देखि १७ गते अन्य टोलका बालबालिकाहरुलाई खोप लगाउँने अभियान रहेको भट्टले बताउनुभयो ।

यस वडाका नौ महिना देखि १५ वर्ष मुनीका सबै बालबालिकाहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउँनका जानकारी गर्दै आएको गौरीगङ्गा नगरपालिकाका वडा नं ११ वडा अध्यक्ष साहेवलाल चौधरीले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?