महासङ्घले दियो प्रमुख निर्वाचन आयुक्त थपलियालाई ज्ञापनपत्र

काठमाण्डौ, असोज ३० गते । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ लगायत महासङ्घहरुले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।आयोगले मतदाता शिक्षा तथा नागरिक समाज संस्थालाई व्यवास्था गरेको भन्दै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ,नेपाल पत्रकार महासङ्घ गैरसरकारी संस्था महासङघ दलित गैरसरकारी संस्था महासङ्घ, नेपाली उपभोक्ता संरक्षण महासङ्घ र सामुदायिक बन उपभोक्ता लगायतका महासङ्घहरुले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाएका हुन ।


अल्पसङ्ख्यक मतदाता सम्म मतदाता शिक्षा पुया¥उन र निर्वाचनमा नागरिक समाज संस्थाहरुको सहभागितामा जोड दिनका लागि महासङ्घले निर्वान आयोगको कार्यालयमा नै गएर प्रमुख निर्वाचन आयुक्त थपलियालाई ज्ञापनपत्र बुझाएको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष उमिद बाग्चनले बताउनुभयो ।


उहाँले भन्नुभयो, निर्वाचन आयोगले मतदाता शिक्षालाई र नागरिक समाज संस्था व्यवास्था गरेकोले यस बारे सोच्नु पर्ने र अल्पसङ्ख्यक मतदाता सम्म मतदाता शिक्षा पुया¥उन योजना ल्याउनु पर्ने र निर्वाचनमा नागरिक समाज संस्थाहरुको सहभागिताको वातावरण सृजना गर्नु पर्ने बताउनुभयो ।पहिलाको भन्दा फरक तरिकाले काम गर्दैछौ यस पाली गैरसरकारी संस्था मार्फत काम गर्न नसकिने निर्वाचन आयोगका आयूक्त दिनेश थपलियाले बताउनुभयो ।

क्याप्सन ः सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष उमिद बाग्चन प्रमुख आयूक्त थपलियालाई ज्ञापन पत्र बुझाउँदै । तस्बिर ः सुदूरपाटी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?