नगरपालिद्धारा भुम्कम्प पीडितलाई त्रिपाल

रमेश पुरुष

अछाम, कात्तिक २७ गते  । अछामकाे  साँफेबगर नगरपालिकाले भुकम्प पीडितलाई  त्रिपाल हस्तान्तरण गरेको छ। कार्तिक २३ गते आएको भुम्कम्पले घुगुरकाेट र देविस्थानमा केही घर भत्किएका छन् ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको एक टोलीद्धारा नगरपालिकाको वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ११ देविस्थानका भुकम्प पीडितलाई साे त्रिपाल वितरण गरीएको हाे ।

शनिबार नगरपालिकाले साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटलाई २५ र वडा नम्बर ११ देवीस्थानलाई १५ गरी ४० वटा त्रिपाल हस्तान्तरण गरेको साँफे बगर नगरपालिका प्रमुख राजेन्द्र कुँवरले बताउनुभयाे।उहाँले भन्नुभयाे, उक्त त्रिपालहरु भुकम्पका कारण घर उच्च जोखिम भएका परिवारलाई सरोकारवालाको रोहबरमा वितरण गरिएकाे हाे ।

त्रिपाल हस्तान्तरण कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, वडा नम्बर १० का वडा अध्यक्ष ललित बोगटी, वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर बोहरा, वडा नम्बर १० का वडा सदस्य भुपेन्द्र महता लगायतको सहभागिता साँफे बगर नगरपालिकाले बताएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?