रोकिएन सामुदायिक वनकाे डढेलाे

अागलागीबाट क्षति भएकाे बुढीगङ्गा नगरपालिका २ काे बल्दे माथीकाे वन । तस्बिर ः शेरबहादुर सार्की/ बाजुरा

शेरबहादुर सार्की
बाजुरा, वैशाख १९ गते । बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागि हुने क्रम बढ्दै गएको छ ।

अज्ञात समुहले लगाउँने गरेको आगोबाट अहिले यहाँका झण्डै ३५ भन्दाबढी सामुदायिम वनमा ठुलो क्षति भएको छ ।

वनमा रहेको नयाँ तथा पुराना बोट विरुवाहरु चलेर नष्ट भएका छन् । भने गाउँ बस्तीको वातावरण समेत दिनप्रतिदिन प्रदुषित बन्दै गएको छ ।

चैत महिना देखि अहिले सम्म बाजुराका धेरै सामुदायिक वनमा आगलागि भएको छ । वनमा कसले कसरी आगो लगायो भन्ने विषयमा भने यहाँका सम्बन्धित निकाय समेत मौन रहेको बुढीगङ्गा नगरपालिका २ का स्थानीय बीरबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “बुढीगङ्गा नगरपालिका –२ मा रहेको परीवन सामुदायिम वनमा दिउँदै आगलागि भएको हो । अहिले सम्म त्यसको कुनै पनि केही सुनुवाइ भएको छैन् ।

यसरी वनमा आगो लगाउँनेलाई कुनै पनि कारवाही नगर्दा दिनप्रतिदिन यहाँका धेरै वनमा आगलागी हुने क्रम बढ्दै गएको थापाले बताउनुभयो ।

गत चैत २४ गते बुढीगङ्गा नगरपालिका रातोमाटो सल्लेरी रिठा विरा डोइला खोकेला लगायत सात वटा सामुदायिक वनमा अज्ञात समुहले आगो लगाएका थिए । अहिले त्यो आगो जिल्लाका विभिन्न सामुदायिक वनमा समेत पुगेको छ ।

यसरी दिनप्रतिदिन वनमा आगलागी हुँदा यहाँका रहेका साल , सिसम , टुनी लगायतका बोट विरुवाहरु समेत जलेर नष्ट हुने गरेका छन् ।

सामुदायिक वनको रक्षा गर्न यहाँका स्थानीयकै जिम्मेवारी बढी हुने गरेको भएपनि स्थानीयद्धारा नै सामुदायिक वनमा आगो लगाउने काम भएकोले त्यसले बातावरण प्रदुषण सँगै नयाँ उम्रेका करौडौ ससाना बोट समेत नष्ट भएका छन् ।

मावन जीवनका लागि एक दमै महत्वपुर्ण रहेको वनमा पछिल्लो समय आगलागि हुँन थालेपछि अहिले गाउँ बस्तीको हावापानी समेत प्रदुषण हुँदै गएको छ ।

चैत देखि जेठ सम्म वनमा आगलागी हुने सम्भावना धेरै रहेकोले यहाँका स्थानीयलाई सजग हुनका लागि जिल्ला स्थित विभिन्न पत्र पत्रिका मिडियामा वन डँडेलो सम्बन्धीत सुचना प्रसारण गर्दै आएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

आगलागी हुने कुरा प्राकृतिक प्रोपकले कमै हुन्छ । यो यहाँका स्थानीयले नै आगो लगाउँने काम गर्दै आएकोले वनमा ठुलो क्षति हुँदै गएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन व्यक्तिले वनमा आगो लगाएको छ , त्यो व्यक्तिलाई कारबाही गर्ने व्यवस्था भएपनि यो कुरा स्थानीयले भन्दैनन् । ”

सामुदायिक वनमा यदी कसैले जानी जानी आगो लगायो भने नीजलाई ६० हजार जरिभाना र तीन महिना कैदको व्यवस्था रहेको पाठकले बताउनुभयो ।

जिल्लाका नौ वटै स्थानीय निकायमा अहिले झण्डै ३५० वटा सामुदायिक वन रहेका छन् । बाजुरामा ९४ हजार १५० हेक्टर वनको क्षेत्रफल रहेको डिभिजन वनकार्यालय बाजुराले जनाएको छ ।
जिल्लाको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र छेडेदह लगायतका स्थानीय तहमा रहेको सामुदायिक वनमा दिप्रतिदिन आगलागि हुने क्रम बढ्दै गइरहेको छ ।

आगो लगाउँदा वनमा गाजो राम्रो पलाउँने भएकोले यहाँका स्थानीय आफैले आगो लगाउँने गरेको कतीपयको बुझाइ रहेको छ ।

पछिल्लो समय बाजुराका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेकोले त्यसलाई रोक्नका लागि स्थानीयलाई शुसुचित गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्