बाजुराका महिलालाई गहुँ चुट्ने चटारो

बाजुराका महिला गहुँ चुट्दै । तस्बिर ः शेरबहादुर सार्की/ बाजुरा

शेरबहादुर सार्की
बाजुरा , वैशाख २१ गते । बाजुराका महिलालाई यती बेला गहुँ चुट्ने कामको निकै चटारो परेको छ ।

यहाँका महिलाले वैशाखको पहिला साता देखि खेतबाट टिपेर खलामा जम्मा गरेको गहुँलाई यती बेला चुट्न चटारो परेको हो ।

खेतबाट गहुँ घरमा ल्याएर जम्मा गरेको भएपनि त्यो गहुँलाई समयमै चुटेन भने पानीले बिग्राने डरले यती बेला बिहान दिउँसो गहुँ चुट्ने निकै चटारो परेको यहाँका स्थानीय महिला बताउँछन् ।

आधुनिक खालको मेसिन नहुँदा यहाँ कतै गोरुले दाइँ लगाउने र कतै ग्याब्रीको (घँगारुको लौरोबाट बनाएको काठको सामाग्री ) सहायताले गहुँ चुट्ने गरेको बुढीनन्दा नगरपालिका –२ का स्थानीय राधा कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ धेरै ठाउँमा अहिले गहुँ चुट्ने मेसिन आएका छन् । त्यो मेसिनले एक दिनमा खेतमै गहुँ टिप्ने र साथै चुट्ने गर्छ । तर हाम्रो गाउँमा भने त्यो मेसिन नआएकोले उही पुरानै प्रविधिका औजार प्रयोग गर्न बाध्य छौ । ”

मेसिनका लागि यहाँका महिलाले स्थानीय सरकार तथा सम्बन्धित निकाय सँग कयौ पटक माग गर्दै आएको भएपनि कतैबाट सुनुवाइ नगरेको कार्कीले बताउनुभयो ।

बाजुराका अधिकाशं ठाउँमा पहिले देखि अहिले सम्म ग्याब्रीको ( घँगारुको लौरोबाट बनाएको सामाग्री ) सहायताले गहुँ चुट्ने गर्दछन् । भने कतै ठाउँमा दानलौरीले (काठको सामाग्री ) र कतै ठाउँमा गोरुले दाइँ गर्ने गर्दछन् ।

बाजुराका अधिकाशं गाउँ बस्तीमा नत गहुँ काट्ने मेसिन छन् । नत गहुँ चुट्ने थ्रेसरन नै छन् । देश नयाँ प्रविधिमा पुगेपनि यहाँका महिला भने अहिले सम्म उनी पुरानै प्रविधि प्रयोग गर्न बाध्य भएका छन् ।

यहाँका महिलाहरुले हँसियाको भरमा गहुँ हातले टिप्ने गर्दछन । भने अधिकाशं महिला निगालाको सरेटाले( निगालाको दुइ फिट जती लामो काठ) गहुँ समात्ने र त्यसपछि कम्मरमा राखेको आँसीले गहुँ काटेर डोकोमा राख्ने गर्दछन् ।

यहाँका महिला अहिले सम्म पनि उही पुरानो प्रविधि सँगै काम गर्नु पर्ने बाध्यता छ । यो समस्यालाई पहिचान हुने गरी कतैबाट नयाँ प्रविधिका गहुँ टिप्ने र चुट्ने साधान पाए यहाँका महिलाले पनि गाउँमै सरकार आएको महसुस हुने कार्कीले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा, त्रिवेणी र ,छेडेदह लगायतका विभिन्न ठाउँमा गहुँ फल्छ ।
जिल्लाको पूर्विउत्तर क्षेत्रको भिरालो तथा पाखो ठाउँमा भने कम भएपनि खोलाको किनार तथा सिँचाइ सुविधा सम्पन्न भएको ठाउँमा भने गहुँ उत्पादन राम्रो हुन्छ ।

यहाँ किसानले पछिल्लो समय पासाङ्लामु , डब्लु के बाह्र सय चौध, डाँफेमुनाल र स्र्वगद्धारी जातको गहुँ लगाउँछन् । अधिकाशं किसानले भने उही पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् ।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भएपनि यस मध्ये २२ हजार हेक्टर खेति गोग्य जमिन रहेको छ । यो मध्य पाँच हजार २ सय ३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिचाँइ हुने गरेको छ ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत् मात्रै जमिनमा सिँचाईको सुविधा छ । भने ८० प्रतिशत् जमिनमा अहिले पनि आकाशे पानिको भरमा खेती हुने गरेको छ ।
जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्र विस्तार गर्न निकै आवश्यक रहेको छ ।

बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पालन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्