घर निर्माणको काम अलपत्र

क्याप्सन ः बूढीङ्गा नगरपालिका –१ अम्कोटमा निर्माण कार्यमा अलपत्र परेका विस्तापीत् परिवारका घर । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, वैशाख २६ गते । बाजुरामा बाढीपहिरोबाट विस्तापित् भएका परिवारको घर निर्माणको काम अलपत्र परेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  दिएको डिजाइनमा घर निर्माण गर्नुको उल्टै स्थानीयले आफ्नै मनोमानीमा घर बनाउँन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७९ ÷०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित् भएका अम्कोटका स्थानीयलाई स्थापित् गर्ने गरी घर निर्माणको काम सुरु गरिएको थियो ।

बाढीपहिरोबाट प्रभावित् भएका अम्कोट १०६ घरपरिवार मध्यकै ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् ।पहिलो किस्ता रकम पाएका ८५ जना मध्ये १८ जनाले मात्र घरनिर्माणको काम सुरु गरेका छन् । भने ६७ जनाले अँझै घर निर्माणको काम सुरु गरेका छैनन् ।

बाढीपहिरोबाट प्रभावित् भएका अम्कोटका स्थानीयले भने प्राविधिकहरुले भनेकै अनुसार घर निर्माण गरेको भएपनि दोस्रो किस्ता रकम नमिलेपछि घर निर्माणको काम अलपत्र परेको बताउँछन् ।

प्राविधिककै लापरवाहीले बाढीपहिरोबाट विस्तापित् भएकाहरुको घर निर्माणको काम अलपत्र परेको बूढीगङ्गा नगरपालिका –१ अम्कोटका स्थानीय अर्जुन पाध्यायले बताउँनुभयो ।उहाँले भन्नुभयो, कतिपयले प्राविधिककै डिजाइन स्टिमेटमा घर निर्माण गरेका छन् । भने त्यो बाहेक एक दुइ जनाले सो डिजाइन नभएर घरको एक तला थपेपछि अहिले त्यसकै कारण सबैको दोस्रो किस्ता रकम रोकिदिएको बताउँनुभयो ।

प्राविधिकले भने अनुसारकै घर निर्माण गरेका छौ । घर निर्माण भएको एक वर्ष हुँदा पनि दोस्रो किस्ता रकम नमिलेको बूढीगङ्गा नगरपालिका –१ अम्कोटका दरिभाने नेपालीले बताउँनुभयो ।
उहाँले भन्नुभयो ,गाउँमा एक पटक मात्र प्राविधिक आउँनुभयो ।

उहाँले हामीलाई यसरी घर बनाउँनु भनेर जानुभयो । त्यसपछि उहाँ कहिल्यै हाम्रो गाउँमा फर्किनु भएन । अहिले घर निर्माण गरिसकेपछि बल्ल प्राविधिक पनि गाउँमा आउनुभयो र डिजाइन स्टिमेट अनुसार घर निर्माण भएन भनेर दोस्रो किस्ता रकम पनि रोकिदिनुभयो ।गाउँमा क्रृण खर्च गरेर घर त बनायौ तर अहिले सम्म रकम नपाउँदा यो घर बचेर नै साहुँको पैसा तिर्नु पर्ने बाध्यता भएको नेपालीले बताउँनुभयो ।

बाढीपहिरोबाट प्रभावित् भएका अम्कोटका स्थानीयको घर निर्माणकै लागि एक जना प्राविधिक नियुक्ति गरेर दैनिक काममा पठाएको बूढीगङ्गा नगरपालिका प्रमुख प्रशासकीय प्रमुख शङ्कर नाथले बताउँनुभयो ।उहाँले भन्नुभयो, अम्कोटका स्थानीयले प्राविधिकले दिएको डिजाइन स्टिमेट अनुसारको घर निर्माण नगरेपछि पछिल्लो किस्ता रोकिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समिति वा विपत प्राधिकरणले दिएको स्टिमेट अनुसारको एम्बी उठाउँनु पर्छ । उनीहरुले निर्माण गरेका घर स्टिमेट भन्दा फरक रहेकोले सोही अुनसार एम्बी उठाउँन नपाईने भएपछि दोस्रो किस्ता रोकिएको हो ।

अम्कोट स्थानीय अहिले पनि घरबास बिहिन छन् । उनीहरुलाई जसरी भएपनि घर निर्माण गर्नु अति आवश्यक छ । तर उनीहरुकै लापरवाहीले गर्दा नै घर निर्माणको काम अलपत्र परेका हुन् । अब जिल्ला विपत् व्यवस्थापन समिति तथा विपत प्राधिकरणले जे निर्णय गर्छ सोही निर्णय अनुसार स्थानीय सरकारबाट पनि दोस्रो किस्ता रकम भुक्तानी दिने प्रमखु प्रशासकीय नाथले बताउँनुभयो ।

बाढीपहिरोबाट प्राभिवत् भएका अम्कोटका स्थानीयले तीनै सरकारबाट घर निर्माणका लागि एक परिवारले झण्डै पाँच लाख रकम पाउँनु पर्ने हो ।स्थानीय सरकारले १५ प्रदेश सरकारले २० र सङ्घीय सरकारबाट ६५ प्रतिशत् रकम बाढीपहिरोबाट प्रभावित् परिवारले पाउँनु पर्ने हो ।

बाढीपहिरोबाट प्रभावित् भएका बूढीगङ्गा नगरपालिका –१ अम्कोटका झण्डै १०६ घरपरिवार मध्ये पहिलो चरणमा ८५ जनालाई घर निर्माणका लागि पहिलो किस्ता भनेर ७५ हजार रकम दिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

अम्कोटका ८५ जनाले ७५ हजार पहिरो किस्ता रकम पाएपनि १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् ।१८ जनामा पनि ६ जनाले मात्र घर निर्माणको काम सकेका छन् । तर ती घर पनि विपत् प्राधिकरणको डिजाइन स्टिमेट भन्दा फरक तरिकारले निर्माण गरेका छन् ।

स्टिमेटमा प्रत्येक कुनामा एक एक सरिया, जगको माथिमा दुइ वटा सरियाले डिपीसि गर्ने र तला नथप्ने गरी सिडजाइन स्टिमेट छ ।विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र यदी त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउँनुभयो ।

उहाँले, घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएको र सो अनुसार अँझै घर निर्माण नगरेकोले पहिलो किस्ता रकम समेत फिर्ता गर्नु पर्ने बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?