पाँच गाउँमा चौविस घर भत्किएपछि बास बस्न समस्या

शेरबहादुर सार्की
बाजुरा, असोज ३० गते । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिका वडा नं –२ को पाँच गाउँका चौविस घर पुर्णरुपमा भत्किएका छन् ।जगनाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारले बास बस्दै आएको घर अविरल वर्षात्का कारण आएको बाढीपहिरोले भत्काइदिएपछि अहिले ती परिवारहरुलाई कहाँ गएर बस्न भन्ने समस्या भएको हो ।

जगनाथ गाउँपालिका वडा नं –२ का गोरखे सार्कीले , घरभत्किएपछि अहिले खुल्ला आकाशमा बसेको बताउनुभयो ।उहाँले भन्नुभयो, असोज १९ देखि २५ गते सम्म लगातार परेको अविरल वर्षातका कारण जगनाथ गाउँपालिका वडा नं २ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ वटा घर भत्किएपछि अहिले यहाँका स्थानीय खुल्ला आकाश मुनी बास गर्दै आएको बताउनुभयो ।घरभत्किएपछि घरमा रहेको खाद्यान लुगा कपडा समेत छापिएपछि अहिले बास गाँसकै समस्या भएको सार्कीले बताउनुभयो ।

जगनाथ गाउँपालिका –२ का वडा अध्यक्ष धनबिर सार्कीले, आर्थिक अभावका कारण यहाँका स्थानीयले पहिला देखि मर्मत गर्न नसकेका घरहरु यो वर्षको वर्खामा सबै भत्किएपछि उनीहरुलाई हिउँदको चिसोमा खुल्ला आकाशमा बास गर्नु पर्ने समस्या भएको बताउनुभयो ।उहाँले भन्नुभयो, घर जीर्ण अवस्थामा रहेको भएपनि यहाँका स्थानीयको आर्थिक अभावका कारण मर्मत गर्न नसकेपछि अहिले ती सबै घर पानी पर्ने वित्तिकै भत्किएका हुन् ।गाउँपालिका चारै तिर पहिरो छ, बस्ती नै जोखिममा परेको छ, यसका लागि यी गाउँ बस्नी अन्य सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आएको अध्यक्ष सार्कीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले, जगानथा गाउँपालिका अधिकशंको घर निर्माणका लागि रकम उनीहरुको खातामा हालिदिएको बताउनुभयो ।उहाँले भन्नुभयो, घर निर्माणका लागि नै सरकारले एकपरिवारलाई पाँच लाख रकम दिर्दै आएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?