बालबालिकालाई न्यानाे लुगा वितरण

क्याप्सन ः द हन्रेड ग्रुप नेपाल र लाइन्स कलब काठमाण्डौका प्रतिनिधि बब्लु गुप्ता, प्रतियुषा बोहरा विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतलाई न्यानो लुगा वितरण गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

बाजुरा, माघ २८ गते । बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत् विद्यालयका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।गत शुक्रबार एक कार्यक्रमका साथ द हन्रेड ग्रुप नेपाल र लाइन्स कलब काठमाण्डौले सिचोबाट बच्नका लागि सो विद्यालयमा अध्ययनरत् ११२ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको हो ।

द हन्रेड ग्रुप नेपाल तथा लाइन्स कलब काठमाण्डौका प्रतिनिधि प्रतियुषा बोहराले, सिद्धेश्वरी आवासीय आधारभूत् विद्यालयका बालबालिकाहरुलाई चिसोमा लगाउन सहज हुने गरी न्यानो लुगा वितरण गरेको बताउनुभयो ।

उहाँले, बालबालिकाको चिसो छेल्न सहज हुने १५५ पीस ज्याकेट १५५ पीस हुट तथा पढाइमा सहज हुने गरी १५५ पीस झोला १५५ सेट कापी लगायतको शैक्षिक समाग्री समेत वितरण गरेको बताउनभयो ।सो विद्यालयमा अध्ययनरत् छात्रालाई महिनावारी भएको समय सहज हुने गरी १५५ वटा सेनीटरी प्याड वितरण गरेको बोहराले बताउनुभयो ।

माघ १३ गतेको गोरखापत्र र दराइजिग नेपालमा जिल्लाको पूर्वि उत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले हिउँमाथि पठनपाठन गरेको समाचार छापिएको देखेपछिचिसोको महसुस गरेर अहिले यी बालबालिकाहरुलाई न्यानो लुगा वितरण गर्न आएको द हन्रेड ग्रुप नेपाल तथा लाइन्स कलबको काठमाण्डौका अर्को प्रतिनिधि बब्लु गुप्ताले बताउनुभयो ।

उहाँले, भुकम्पको कारण विद्यालयको भवन निकै जीर्ण बन्दै गएकोले संस्था माफर्त बालबालिकाहरुलाई पठन पाठनमा सहज हुने गरी विद्यालयमा नयाँ सुविधा सम्पन्न भवन समेत निर्माण गरि दिने बताउनुभयो ।

गत कात्तिकमा गएको भुकम्पले चिरा चिरा परेको सो विद्यालय माघ १३ गते गएको भुकम्पले फेरि दर्किएपछि अहिले बस्न लायककै छैन ।माघ १० गते गाउँमा भारी हिमपात भयो । त्यसैबेलामा बाजुरामा केन्द्र विन्दु बनाएर गएको भुकम्पले,निकै हल्लाएपछि शिक्षकले भुकम्पले विद्यालय भत्किएर चेपिने डरले घाम लागेको बेला बालबालिकाहरुलाई हिउँमाथि पढाइ गरेका थिए ।

बालबालिकाहरुको पढाइ नरोकिने गरी हिउँमाथि बसालेर पढाइ गरेको समाचार गोरखापत्रमा छापिएपछि अहिले बालवालिकाहरुलाई ठुलो राहत मिलेको विद्यालय व्यवस्थङपन समतिकिा अध्यक्ष प्रेमसिह गुरुड्गले बताउनुभयाे ।

उहाँले भन्नुभयो, यहि समाचारको आधारमा यहाँ पुगेको द हन्रेड ग्रुप नेपाल र लाइन्स कलब काठमाण्डौको टोलीले आवासीय विद्यालयको भवन निर्माण गरिदिने र विद्यालयमा शैक्षिक समाग्री समेत सहयोग गरिदिने भनेपछि दुरदराजका बालबालिकाले अब भौतिक तथा शैक्षिक क्षेत्रमा भोग्दै आएका समस्या खेप्नु नपर्ने बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?