घर भत्किएपनि ज्यान जोगियो

क्याप्सन ः हावाहुरीका कारण रुख ढलेर भत्किएको बाजुराको बूढीगङ्गा नगष्रपालिका –१० सिगाडाका बीरबहादुर बुढाको घर । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा,जेठ १० गते । बाजुरामा हिजो राती एकासी चलेको हावाहुरीका कारण अधिकाशं घरमा ठुलो क्षति गरेको छ ।राती ११ बजे चलेको हावाहुरीले बाजुराका बूढीगङ्गा नगरपालिका १० सिगाडाका केही क्षति गरेको हो ।

बाजुराको बूढीगङ्गा नगरपाकिला १० सिगाडाका बीर बहादुर बुढाले, “हिजो राती चलेको हावाहुरीले सिगाडा गाउँमा रहेको नब्बे वर्ष भन्दा पुरानो पीपल ढेलेपछि मेरो घरमा क्षति भएको बताउँनुभयो ।,,उहाँले भन्नुभयो, “खाना खाएर सबै घरपरिवार सुतेको समयमा राती ११ बजे चेलेको हावाले घरमाथी रहेको पीपलको रुख ढलेरपछि घर भत्किए पनि ज्यान जोगिएको बताउँनुभयो ।,,

हावाहुरीले बाजुराका विभिन्न ठाउँका घरका छाना समेत उडाएको छ । बाजुराको त्रिवेणी खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँमा हावाहरीका कारण घरमा ठुलो क्षति गरेपछिअहिले यहाँका स्थानीय निकै चिन्तामा रहेका छन् ।मङ्गलबार राती ११ बजे चलेको हावाहरीले मानीय क्षति नभएको र केही घर छानामा मात्र ठुलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?