सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

सुदूर पश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंह र उनकी पत्नी।

बझाड्ग असार ५ गते ।  सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।  बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा सिह गम्भीर घाइते हुनुभएकाे थियाे । 

थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको  हाे  । जीप दुर्घटना हुँदा उनकी पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६५ वर्षीया  जयादेवी सिंहकाे मृत्यु भएकाे छ।

गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत घोषणा गरिएकाे हाे। उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?