दादुरा रुवेला खोप सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लाको गौरीगङ्गा नगरपालिकाको खोप सम्बन्धि अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रमका सहभागि । तस्बिर : सुरेश भुल

सुरेश भुल
कैलाली,फागुन १२ गते । जिल्लाको गौरीगङ्गा नगरपालिकाको खोप सम्बन्धि अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

फागुन १३ गते सञ्चालन हुने दादुरा रुवेला खोपलाई सव्य भव्यरुपमा सम्पन्न गर्ने गरी आज सो नगरपालिकाले यहाँका स्वास्थ्यकर्मी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

जन्मेको नौ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरु दादुरा रुवेला खोप लगाउने गरी यो खोप अभियान सुरु गरेको गौरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भोली सञ्चालन हुने दादुरा रुवेला खोपका नगरपालिका भरी झण्डै ७५ वटा खोप केन्द्र तय गरेको गौरीगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमख ईश्वरी प्रशाद भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गौरीगङ्गा नगरपालिका भित्र रहेको सबै वडाका स्वास्थयकर्मीलाई दादुरा रुवेला खोप लगाउँन सहज हुने गरी आज एक दिने खोप सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।”

गौरीगङ्गा नगरपालिका सबै वडाका जन्मेको नौ महिना देखि १५ वर्ष मुनीका झण्डै २१ हजार ८८५ जना बालबालिकाहरु दादुरा रुवेला खोप सहगभागि हुने शाखा प्रमुख भुसालले बताउनुभयो ।

दादुरु रुवेला खोप अभियानलाई सव्य भव्य सवल सक्षम बनाउनका लागि वडामा रहेका सबै स्थास्थ्यकर्मीहरुलाई सहज हुने गरी एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

यो खोप अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण गौरीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रशाद भुसाल र अहेव उमेश भट्टले प्रशिक्षण दिनु भएको तालिममा सहभागि अनमी कल्पना कुमारी सार्कीले बताउनुभयो ।

२०८० फागनु १३ गते हुन गइरेको दादुरा रुवेला खोप अभियानलाई सफल पार्नका लागि सबै प्रक्रिया पुरा भएको गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देविदत्त कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका जम्मे देखि १५ वर्ष मुनीका बालबालिकाहरु यो खोपबाट वञ्चित नहुने गरी यो अभियानलाई विशेष रुपमा अगाढी बढाएको छ ।”

२०७६ देखि ७७ सालमा बालबालिकाहरुलाई नियमित लगाउँने खोप ७२. ९ रहेको थियो । भने २०७९ देखि ०८० सय प्रतिशत पुरा गरेको छ ।

दादुरा रुवेला खोपबाट पनि कुनै पनि बालबालिकाहरु वञ्चित नहुने गरी यहाँको स्वास्थ्य शाखा तथा अन्य सबै स्वास्थ्य संस्थालाई जिम्मेवारी दिएको छ ।

यो अयिभानमा यहाँका सबै स्थानीयले आफ्ना बालबालिकाहरुलाई खोप केन्द्रमा लिएर खाेप लगाउँन समेत आग्रह गरेको नगर प्रमुख कँडेलले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?