भारतको भरमा बाँचेको दलित बस्ती

क्याप्सन ः भारतकै भरमा बाँचेको बाजुराको बूढीगङ्गा नगरपालिका –१० बदेडा दलित बस्ती । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, फागुन २४ गते । बाजुराको बुढीगङ्गा नगरपालिका –१० बदेडाको दलित बस्तीका परिवारलाई पुस्ताँै देखि अहिले सम्म भारतकै भरमा बाँच्नु परेको छ ।

गाउँमा गरि खाने केही व्यवस्था नभएपछि यो बस्तीका दलित परिवारले पुस्तौँ देखि अहिले सम्म भारतकै रोजगारीको भरमा बाँच्नु परेको हो ।

गाउँमा गरी खाने केही उपाय नभएपछि अहिले भारतमा रोजगारी गरेर छोरा छोरी पाल्ने गरेको बुढीगङ्गा नगरपालिका –१० का स्थानीय जाेगी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गाउँमा खेती लगाउँ भने पनि केही जमिन त छ । तर त्यो जमिनमा सिचाइको सुविधा नहुँदा सधै बाँझो राख्नु पर्छ । ”

पहिला हजुरबुवा र बुवाहरुले पनि यसरी नै भारतमा बसेर हामीलाई हुर्काउनु भयो । अहिले हामीले पनि भारतमै बसेर गाउँमा छोरा छोरी पाल्नु परेको सार्कीले बताउनुभयो ।

बुढीगङ्गा नगरपालिका –१० को बदेडा बस्तीमा झण्डै ५० भन्दाबढी दलित परिवार छन् । यहाँ यो बस्तीमा चालिस परिवार सार्की , १३ परिवार विक र दुइ परिवार नेपालीहरु बसोबास गर्दै आएका छन् ।

अहिले यो बस्तीका झण्डै १५० जना युवा भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् । उनीहरु दशै तिहारको बेला गाउँ फर्किने र त्यसपछि रोजगारीका लागि फेरी भारतमै जाने गरेको सार्कीले बताउनुभयो ।

यो दलित बस्तीमा दुइ तिन जना भारतमा नभएको कुनै घर बाँकी छैन् । दशै तिहार उता असारमा खेती लगाउँने बेला केही युवा गाउँ देखिएपनि त्यसपछि भने गाउँमा कोही युवा भेटिदैनन् ।

गाउँमा गरिखाने केही उपाय नहुँदा मेरो श्रीमानले सधै भारतमा बस्नु परेको बुढीगङ्गा नगरपालिका –१० बदेडाका स्थानीय कला सार्की बताउनुभयो ।

उहाँले भन्नुभयो, “ मेरो श्रीमानको हातमा सिप छ तर त्यो सीप अनुसारको गाउँमा केही काम नमिलेपछि उहाँले उतै बस्नु परेको हो ।,,

दशै तिहारको बेला घरमा आउँनु हुन्छ । त्यसपछि उहाँले सधै भारतमा गएर परिवार पाल्नु परेको सार्कीले बताउनुभयो ।

यहाँका दलितहरुको आर्थिक अवस्था निकै कम्जोर भएका कारण उनीहरुका छोरा छोरीले उच्च शिक्षा पढ्न समेत सकेका छैन् ।

यो बस्तीका बालबालिकाहरुले एक कक्षा देखि दश सम्म पढ्ने र त्यसपछि उनीहरु पनि कामको खोजीमा अभिभावक सँगै भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

यो बस्तीमा अहिले सम्म एक जना पनि कुनै सरकारी सेवामा कार्यरत छैन् । यहाँका अधिकाशं युवा अहिले भारतका विभिन्न होटेलमा काम गरिरहेका छन् ।

उनीहरुले त्यहाँबाट पठाएको पैँसाले गाउँमा परिवारले बिहान बेलुकीको छाक टार्दै आएको सार्कीले बताउनुभयो ।

यो अवस्था बददेडाका दलित परिवारको होइन । बाजुराका हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका दलित परिवारको पनि उस्तै छ ।

यहाँका अधिकाशं दलित परिवार पनि कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । गत पुस देखि यहाँका अधिकाशं दलितका घरमा ताला लागेका छन् । भोको पेट पाल्नकै लागि उनीहरुले भारतका जानु परेकोले घरमा ताला लागाउनु परेको हो ।

यता स्थानीय सरकारले युवालाई रोजगार दिलाउँनु त के बाढीपहिरो पीडितलाई समेत व्यवस्थापन गर्न सकि रहेको छैन् । गाँस त के बस्ने बास नै नभएपछि यहाँका अधिकाशं दलित परिवार पछिल्लो समय भारतमै बसोबास गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?