वन संरक्षण तथा प्रवद्धन गर्न लागि परेकाे छु बाेगटी

पञ्चवटी सामुदायिक वनउपभोक्ता समूहका अध्यक्ष रमेश बोगटी ।

कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका ११ मा रहेको श्री पञ्चवटी सामुदायिक वनलाई पछिल्लो समय एक वैज्ञानिक वनको अवधारणामा ल्याएको छ । यहाँका उपभोक्ता समुहले यो वनलाई केही वर्ष अघि वैज्ञानिक सामुदायिक वनको रुपमा विस्तार गरेका छन् ।

पछिल्लो समय यो वनमा नयाँ बोट विरुवा रोप्ने कामलाई पनि निकै प्राथमिकता दिएको छ । आगामी दिनमा यो वनलाई थप संरक्षण तथा प्रवद्धन गर्नका लागि के कस्ता कार्यक्रमहरु ल्याउने योजना रहेको भन्ने विषयमा यस पञ्चवटी सामुदायिक वनउपभोक्ता समूह अध्यक्ष रमेश बोगटी ज्यू सँग सुदूरपाटी मिडिया प्रालिका प्रकाशक÷सम्पादक शेरबहादुर सार्कीले गरेको सारसङ्क्षिप्त कुराकानी ।

२०७४ देखि २०७७ सम्म पनि तपाई यो वनको अध्यक्ष हुनुभयो । फेरि अहिले यो वनको अध्यक्ष पदमा हुनुहुन्छ । त्यो बेला देखि अहिले सम्म तपाइले वनका लागि के काम गर्नु भयो ?

२०७४ देखि २०७७ सम्म म यो वनको अध्यक्ष पदमा रहेर काम गरेको थिए । फेरि अहिले पनि मलाई यहाँका उपभोक्ताहरुले थप जिम्मेवार दिनु भएको छ । म आगामी दिनमा यो वन संरक्षण तथा प्रवद्धनका लागि म दिनरात खटेर काम गर्ने छु ।

पहिला मैले यो वनको चारै किल्लामा तारजाली गरेको थिए । अहिले आएर नालि काट्ने काम गरेको छु । बनमा गाइ भैसी भेडा बाख्रा कतै प्रवेश गर्न नपाउँने गरी बनको पुरै क्षेत्रमा काँडेतार लगाएको छु । जसका कारण यो वनमा नयाँ आउने विरुवाहरु पनि हुर्केका छन् ।

वर्षको एक पटक वनलाई छाँटकाट तथा गोडमेल गर्ने गर्दछन् । तपाइले के गर्नु भएको छ ?

हामीले पनि प्रत्येक वर्षको एक पटक यो वनलाई छाँटकाट तथा गोडमेल र वन भित्र रहेका अनाआवश्यक छारपातलाई पनि उखेलेर सफा गर्ने काम गरेका छौ ।

तपाइले यो वनलाई वैज्ञानिक वन बनाउनु भएको छ । यसको मुख्य कारण के हो ?

वैज्ञानिक वन बनाउँनको मुख्य कारण यहाँ भएका बोटबिरुवा पुनर उत्पादन गर्नु हो । यो वनमा पुराना साल कटुस रोइना साज लगायतका बोट मात्र रहेका छन् ।
ती सबै पुराना भएका छन् । ती बोटपछि अन्य बोट विरुवाहरुले राम्रो हुर्किने अवसर हुन्छ । त्यसका लागि हामीले अहिले खाली जमिन अर्थात रुख नभएको ठाउँमा नयाँ जातका विरुवाहरु रोप्ने गरेका छौ ।

तपाइले वन प्रति गरेको काममा यहाँका उपभोक्ता कत्तिको सन्तुष्टि छन् ?

मैले वनप्रति गरेको कामले नै मलाई यहाँका उपभोक्ता समुहले पटकपटक वनको अध्यक्ष पदमा निर्वाचित गर्नु भएको हो । मैले अध्यक्ष भएर वनमा गरेका काम प्रति यहाँका सबै उपभोक्ता सन्तुष्ट छन ।

यो वनबाट उपभोक्ताहरुले के फाइदा लिएका छन् ?

वनलाई काँटछाट गर्दा खेर गएको स्याउँला मलको रुपमा प्रयोग गर्ने गरेका छन् । यसका साथै कहिले विवाहमा भोज कार्यमा सडेगलेका काठलाई दाउँराको रुपमा पनि लिने गरेका छन् ।

यो वन समुहको आफ्नै भवन छ या भाडाका छ ?

हाम्रो वनको आफ्नै भवन छ । यो भवनमा नै कार्यालय स्थापना गरेका छौ । यो मैले मेरो पालामा नै बनाएको हो । अहिले यो कार्यालयमा नै बसेर वनको वैठक तथा विभिन्न काम कार्य समेत यसैमा गर्दै आएका छौ ।

यो वनमा कुनै नयाँ जातका विररुवा रोप्नु भएको छ ?

हामीले केही वर्ष अघि यो वनलाई थप हरियाली बनाउँने उद्देश्यले ४ हजार जति नयाँ जातका बोट बिरुवा रोपेका छौ ।

यो वनलाई रेखदेख गर्न चौकीदार राख्नु भएको छ ? या समितिका पदाअधिकारीले नै आलोपालो गरी हेर्न गरेको छ ?

हामीले एक जना कर्मचारी राखेका छौ । जसलाई हामी बन हेराला पनि भन्छौ । उसले दैनिक हेरचाहा गर्छ । यो सँगै एउटा चोरी सिकारी रोकथाम समिति गठन गरेका छौ । उपभोक्रा समिति र यो चोरी निकासी रोकथाम समितिले पनि प्रत्येक महिनाको एक पटक गस्ती गर्ने गरेको छ ।

सामुदायिक वनबाट उठेको रकम कस्तो कार्यमा लगाउँनु भएको छ ?

दाउँरा स्याउँला खुलाएका बेलामा उठेको रकम विद्यालय, कलब, सडक खानेपानीको धारा मर्मत लगायका सामाजिक कार्य तथा गाउँमा असाहाय अपाङ्ग गरीब दुखी कोही बिरामी हुँदा उनीहरुको उपचारमा समेत खर्च गरेका छौ । साथै दैवि प्रकोप जस्ता आपतकालिन घट्नामा पनि सहयोग गर्ने गरेको छ ।

यो वनमा कती जना उपभोक्ता छन् ?

यो वनमा अहिले हाल ८५७ जना उपभोक्ता रहेका छन । यो वनको संरक्षण तथा प्रवद्धन गर्नका लागि यी सबैको उत्तिकै देन गरेको छ ।
यो वनको हुने गरेको चोरी निकासी रोक्न वनले नियमित चौकिदार गस्ती मा खटाएको ,समय समय मा समितिले पनि रेखदेख गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?