जातीय छुवाछुत उन्मुलनमा दलितमै भाँडभैलो

क्याप्सन ः जिल्ला दलित नेटवर्कले जातीय छुवाुछत विरुद्ध सुरु गरेका जनचेतनामुलक कार्यक्रम । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , चैत १७ गते । पुस्तौ देखि अहिले सम्म बाजुराका हरेक गाउँ बस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ ।

यहाँका माथील्लो जातीले दलितलाई नीजि तथा सार्वजनिक क्षेत्रमा प्रवेशमा निशेध गर्दै आएका छन् ।

बाहिर रुपमा विभेद छैन भनेतापनि जिल्लाका हरेक गाउँ बस्सीमा भने पहिले देखि अहिले सम्म जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहँदै आएको छ ।

गैरदलितले दलितलाई विभेद गर्ने चलत त पहिला देखि नै थियो । तर अहिले दलित दलितमै पनि जातीय विभेद कायमै रहँदै गएकोले पछिल्लो समय जातीय छुवाछुत उन्मलनमा निकै प्रभाव पर्दै गएको छ ।

जातीय विभेद तथा छुवाछुत प्रथालाई रोक्नका लागि गाउँ बस्सीमा गठन भएका दलित नेटवर्कले विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

दलितले दलितलाई नै जातीय विभेद गर्दै आएकाले यसलाई रोक्न यती बेला जिल्लाका विभिन्न दलित गाउँ बस्तीमा दलित बीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जिल्ला दलित नेटर्वक बाजुराले जनाएको छ ।

जातीय छुवाछुतको अन्त्य आफैबाट गर्न आवश्यक रहेकोले पछिल्लो समय दलित समुदायको घर आगनबाट नै जनचेतना मुलक कार्यक्रम सुरुवात गर्ने तयारी रहेको जिल्ला दलित नेटर्वक बाजुराका सचिव मिलन सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा पहिले देखि व्यवापक छुवाछुत भइरहेको छ । यो अन्त्य गर्नका लागि पहिल दलितमै भएको विभेद रोक्नु पर्छ । ”

बाजुराको नौ वटै स्थानीय तहका ६९ वडामै वडा स्तरीय दलित नेटवर्क तथा नौ वटा पालिनका स्तरी दलित नेटवर्क गठन गरेको सचिव सुनारले बताउनुभयो ।

जातीय छुवाछुत अन्त्यका लागि पहिला दलितमै भएको विभेद अन्त्य हुनु पर्ने गैरदलितको भनाइ छ ।

वडामा तथा पालिकामा गठन भएको यी नटेवर्कले प्रत्येक वर्षमा जातीय छुवाछुत सम्बन्धी विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

ती कार्यक्रममा वर्षेनी लाखौ रुपियाँ खर्च हुने गरेको छ । त्यो खर्च बालुवामा पानी हाले झै हुने गरेको छ ।

बाजुरामा सार्की, विक , लुहार , चँदारा , परी , नेपाली, दमाई , कामी , तिरुवा लगायतका दलित समुदाय बसोबास गर्दै आएका छन् ।

सार्की , विक , सुनार र लुहारले नेपालीको हातको पानी चलाउँदैनन् । यता नेपालीले गन्धर्वको हातको पानी चल्दैन । त्यसै गरी गन्धर्वले भाँडको हातको पानी चल्लाउँदैनन् ।

पानी मात्र कहाँ हो र सार्की विक सुनार लुहारले नेपाली सँग विवाह समेत गदैन् । भने नेपाली गन्धर्व सँग विवाह गर्दैनन् ।

राज्यले यी सबै जातीयलाई दलित भनेर सुचिकृत गर्दै आएको छ । यता यी दलित जाती भने एक आपसमा जातीय विभेद गर्दै आएका छन् ।

यता नेपालको संविधानको भाग तीन धारा चौविसमा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था छ ।

कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।

छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने कानुनमा व्यवस्था गरेको छ ।

जातीय छुवाछुत तथा विभेद रोक्नका लागि दलित बसैले एक जुट हुनु पर्ने दलित अगुवा तथा पुर्व संविधान सभा सदस्य महाँ नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “अर्कोलाई दोष दिनु भन्दा पहिला आफ्नो गल्ती कम्जोरी सुधार गर्दै जाने हो भने जातीय छुवाछुत विरुद्ध चालेका कदम सुरक्षित गन्तव्यमा पुग्न सक्छन् ।”

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?