किम्नी झरनामा आन्तरिक पर्यटक सङ्ख्या बढ्दै

क्याप्सन ः त्रिवेणी नगरपालिका वडा नं –५ को किम्नीमा रहेको किम्नी भरना । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, चैत २४ गते । बाजुराको त्रिवेणी नगरपालिका –५ मा रहेको किम्नी भरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचार प्रसार हुँदै गएपछि अहिले आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

झण्डै ७० फिट उचाइबाट झर्ने यो झरनाको मनमोहक दृश्यले गर्दा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढपनि बढ्दै गएको त्रिवेणी नगरपालिका वडा नं –५ का स्थानीय व्यपारी बजिरे बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यती बेला बसन्त ऋतुको आगमनसँगै झरना पनि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ ।”

यती बेला जिल्लाका अन्य विभिन्न ठाउँबाट आएकाहरुले झरना मुनी पुगेर फोटा सेल्फी खिच्ने र रमाउने गरेको बुढाले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकृषणको बिन्दुमा रहेको यो झरनालाई थप व्यवस्थित गर्न सकिएको छैन् । प्राकृतिक श्रोत र साधनले भरिपुर्ण भएको यो झरनालाई संरक्षण तथा प्रवद्धन गर्ने हो भने यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्न सक्ने बुढाले बताउनुभयो ।

त्रिवेणी नगरपालिकाका मौर, नाटेश्वरी, मालिका जस्तै यो भरना पनि एक पर्यटकीय स्थलको रुपमा रहेको छ ।

स्थानीय सरकारले यसको संरक्षण तथा प्रवद्धनका लागि धेरै ठाउँमा पहल गर्दा पनि अहिले सम्म कतैबाट पुरा नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ स्थानीय सरकारले सक्ने जति यसमा केही गर्दै आएका छौ । थप सहयोगका लागि प्रदेश तथा सघिय सरकारलाई माग गरेका छौ ।”

यो भरनाको आपसासमा होम्स्टे, पसल र अन्य आवश्यक संरचना निर्माणका लागि प्रसस्त ठाउँ छ । तर यसको व्यवस्थापनका लागि कतैबाट आर्थिक सहयोग नमिलेको बुढाले बताउनुभयो ।

बडिमालिका नाटेश्वरी मौरे र यो किम्नी झरना भनेको त्रिवेणी नगरपालिका गहना हुन् । यीनिहरुको संरक्षण तथा प्रवद्धनका लागि स्थानीय सरकार लागि परेको छ ।

यो वर्षमा यो भरना संरक्षण र व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा अन्य विभिन्न संस्थाहरु सँग पहल गर्दै आएको त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले बताउनभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?