शान्तिको मानव बेचविखन विरुद्ध १७ औँ राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

क्याप्सन ः १७ औँ राष्ट्रिय मानव बेचविखन विरुद्ध दिवसमा शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले गरेकाे दिप प्रवज्वलन कार्यक्रम । तस्बिर ः सुदूपाटी

शेरबहादुर सार्की
कञ्चनपुर,भदौ २० गते । कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकामा स्थापना भएको शान्ति पुनरस्र्थापना गृहले मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न गरेको छ ।

“सामाजिक न्याय आर्थिक शसक्तिकरण मान बेचविखनको निर्मुलन,, भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयेजना गर्दै शान्ति पुनरस्र्थापना गृहले सो दिवस भव्यरुपमा सम्पन्न गरेको हो ।

दोधारा, चाँदनी , बेलौरी लगायतका अन्य शाखा कार्यालयहरुमा पनि यो दिवस मनाइएको शान्ति पुनरस्र्थापना केन्द्र कन्चनपुरले जनाएको छ । कञ्चनपुर स्थित विभिन्न सरोकारवाला निकायहरुको समन्वय तथा सहकार्यमा यो कार्यक्रम मनाएको शान्ति पुनरस्र्थापना गृह कञ्चनपुर महेन्द्रनगर गड्डाचौकीका सुपरभाइजर अन्जु चौधरीले बताउनुभयो ।

उहाँले, कार्यक्रममा सहभागिहरुले मनाव बेचविखन तथा ओसापसार यसको वर्तमान अवस्था न्यूनिकरण गर्न चाल्नु पर्ने कदम मानव बेचविखन प्रभावितको उद्धार र पुर्नमिलन र पुनस्थापना लगायतका विषयमा लेखेका फ्ल्यासकार्ड बोक्दै सडक परिक्रम गर्दै विभिन्न जनचेतना कार्यक्रम गरिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न कानाबाट नेपालका कयौँ महिला दिदीबहिनी दलालको पञ्जामा पर्दै विदेशमा बेचिन बाध्य भएका छन् । यीनै महिलाहरुको उद्धारका लागि संस्था निरन्तर लागि रहेको छ ।

शान्ति पुनरस्र्थापना गृहले मानव बेचविखन, देखि नाकामा अलपत्र परेका महिला तथा बालवालिकाहरुको समेत उद्धार गर्दै आएको छ ।मानव बेचविखन तथा ओसार पसार मावता विरुद्धको जघन्य अपराध भएकोले यसलाई रोक्नका लागि संस्थाले सम्मपुर्ण सरोकारवाला निकायको सहयोगको अपेक्षा गरेको छ ।

यो संस्थाले मानव बेचविखनको क्षेत्रको पाटोलाई मात्र नहेरी समाजमा रहेका महिला, दलित, बालवालिका अपाङ्ग असहायहरुको समेत सेवा समेत गर्दै आएको छ ।संस्थाले समाजमा भएका विसङ्गती, कुरीती तथा विध्वंसकारी क्रियाकलाहरुको अन्त्य गर्दै समवृद्ध समाजको निर्माणका लागि अग्रणी भुमिका पनि खेल्दै आएको छ ।

संस्थाका कर्मचारीहरुले आफ्नो ज्यान जोखिममा राख्दै दिन रात नभनी लाखौ महिला दिदिबहिनीहरुको उद्धार गरिरहेको सुदूरपश्चिम प्रदेशका महिला बताउँछन् । यो संस्थाको अन्य संस्थाको जस्तो सहजपुर्ण काम भने छैन् । विभिन्न रिक्सका बावजुद दलालको पञ्जामा परेका तथा आफ्नै श्रीमानका कारण अलपत्र परेका महिलाहरुको समेत उद्धार गर्न निकै सक्रिय देखिन्छ ।

सुदूरपश्मि प्रदेशको विभिन्न नाकामा यदी यो संस्था स्थापना नभइदिएको भए सायद यहाँका कयाँै महिला दिदीबहिनीहरु भारत लगायत विभिन्न मुलुकमा बेचिने थिए । नेपालमा अबैध लागु औषध र हात हतियार कारोवार पछि मानव बेचविखन तथा ओसार पसार एक मुख्य समस्याको रुपमा देखिएको छ ।

महिला तथा बालवालिका र व्यस्क पुरुष समेत यो अपराधबाट अत्याधिक रुपमा पीडित हुँदै आएका छन् । कमारा कमारी बधुँवा तथा दासप्रथा हुँदै आजको युगमा आधुनिक दासताको रुपमा मानव ओसार पसारलाई लिन सकिन्छ ।

नेपालबाट विशेष गरी भारत खाडीमुलुक अफ्रिकन देशहरु यूरोपीयन तथा अमेरीकन देहरुमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचविखन तथा ओसार पसारका काम भइरहेका छन् । यी यस्तै विभिन्न मानव बेचविखनका गतिधि रोक्नका लागि आज शान्ति पुनरस्र्थाजना गहृ कञ्चनपुर गड्डाचौकीले विभिन्न जनचेतना मुलक कार्यक्रमका साथ १७ औँ राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस सम्पन्न गरेको शान्ति पुनस्र्थाजना गृहका सुपरभाइजर मनिसा न्यौपाने बडुले बताउनुभयो ।

उहाँले, यो कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं ११ वडा अध्यक्ष प्रतिनिधि शसस्त्र प्रहरी बल गड्डाचौकीका प्रमुख तथा प्रतिनिधि इलाका प्रहरी गड्डचौकीका प्रमुख तथा प्रतिनिधि अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख तथा प्रतिनिधि स्थानीय समाजसेवि वुद्धिजिवि व्यापारी व्यवसायी पत्रकार लगायतको उपस्थितिमा रहेको बताउँनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?