सिँचाई कुलाे निर्माणका लागि १८ वर्ष दौडधुप

क्याप्सन : मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका स्थानीय सिचाइ कुलाेका लागि स्थानीय तहमा फाइल बुझाउँदै । तस्बिर :सुदूरपाटी

नरी बडु,
बैतडी चैत १३ गते । आफ्नै हलगोरुले मनग्य अन्न फलाएको मुद्रे स्याल्तडीको वर्षमा तीन खेतीपाक्ने खेत झाडीमा परिणत हुँदा मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीका लालमणी भट्टकाआँखा रसाउँछन् ।

आँपको रुखको छायामा बसेर सोही रुखको आँमआनन्दका साथ खाएको उनी सम्झन्छन् । अन्न र फलफूल बेच्ने लालमनीहरु अहिले गिट्ी कुटेर लालाबालापालिरहेका छन् । कारण हो ०६२ मा आएको बाढीले सिँचाई कुलो भत्किँदा उनिहरुको खेत रुखो बन्यो ।

एक दुइ वर्ष आकासे पानीको भरमा बीउ छरेका उनीहरुको खेती सफल भएन् । न कसैले सिँचाई कुलो बनाइ दियो । सिँचाई कुलो निर्माणको माग गर्दै तात्कालीन गाविस, जिल्ला विकास समिति र अहिलेको नगरपालिका, प्रदेश र संघ सरकार धाएको वषौँ भयो ।

तर उनिहरुको समस्याअझै सम्मपनि समाधानहुन सकेको छैन् ।मेलौली नगरपालिकाबाट समेत ४ घण्टाको पैदल दुरीमा रहेको मुद्रे, स्याल्तडी गाउँ राज्यकानीकाय समेत जान अल्छी गर्छन, नेताहरु पनि भोट माग्न मात्रै पुग्छन् ।

सिँचाई कुलो भत्केर विस्तापित बनेका ५० परिवार मेलौलीनगरपालिका–६ मा वस्दै आएका छन् भने ५ परिवामुद्रे, स्याल्तडीमै वसिरहेका छन् । ‘विस्तापितभएर बसाई सरेपछि हाम्रा घरभत्कीसके, घरका अवषेस समेत मेटीने अवस्थामा छन् ।

खेत झाडीमा परिणत भैसक्यो तर हामीहरुको पीडा कसले सुनिदिने ।’विस्तापितलालमनी भट्ट भन्छन् ।सञ्चारको पहुँचबाट समेत टाढा रहेका स्थानीयहरुलाई धनगढी स्थित खाद्यअधिकारको क्षेत्रमा काम गर्ने संस्था याक नेपालले सम्बन्धित निकायहरु संग जोड्ने काम ग¥यो ।

पीडितहरुको पक्षमा थुप्रै वकालत, वहस र पैरवी समेत भएफलस्वरुप सुदूरपश्चिमप्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ मा एक कराड २० लाख बजेट विनियोजन समेत ग¥यो । सो बजेटले खुसि भएकामुद्रे, स्याल्तडीवासी नागरिकहरुको खुसि सिँचाई डिभिजन कार्यालयकाप्रमुखले टिक्न दिएनन् ।

कारण योजनाको सम्झौतानै गरिदिएनन् ।मुद्रे स्याल्तडीको विषयमा याक नेपालले स्थानीय, प्रदेश र संघ सरकारसम्मविस्तापितनागरिकहरुलाई जोड्ने काम गरेको बताउछन् याक नेपाल धनगढीका प्रतिनिधि देवीखनाल ।

उहाँले भन्नुभयो ‘हामीले स्थानीय देखि प्रदेश सरकारसम्मउनिहरुलाई पु¥याएर तत्कालीनमुख्यमन्त्रीत्रिलोचन भट्टसम्मलाई भेटाउने कामग¥यौँ, योजनापनिआयो तर सिँचाई डिभिजनको लापर्वाहीका कारण कामभएन् ।’ मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमासिँचाई कुलो अवस्यक रहेको र कुलो निर्माण समेत सम्भव भएको प्रतिवेदनबुझाएको थियो ।

सरकारी प्रतिवेदनअनुसारनै उक्त क्षेत्रमावर्षेनीउत्पादनहुदै आएको ३६ हजार ८ सय ३४ किलो खाद्यान्नह्रास भएको छ । अहिलेसम्मको हिसाबगर्दा अन्नमात्रै ६ लाख २६ हजार बढी किलो खाद्यान्नह्रास भइसकेको याक नेपालका देवीखनालको भनाई छ ।

आएको बजेट सम्झौताकालागिउपभोक्ता समिति समेत गठन गरेका यहाँकानागरिकहरुलाई तत्कालीनसिँचाई डिभिजन कार्यालयकाप्रमुखतेजप्रसाद दाहालले अलमलमापारि सम्झौतानगरिदिएको उनिहरुको आरोप छ ।

सम्झौताकालागि पटक पटकआग्रहगर्दा समेत कहिले इन्जिनियर छैन, कहीले म बाहीर छु, टाइम छदैछ भन्नुभयो, जेठ सम्म यसरी अल्मल्याएर पछि अहिले सकिदैन अर्को वर्ष वयाँ योजनाहाल्नलगाइदिउलाभनेर ठक्नुभयो ।’ स्थानीयजयदत्तभट्टले दुखेसो गरे ।

दुईवर्ष कोभिडको संक्रमणले यहाँका स्थानीयहरु सरकारी कार्यालयहरु धाउन सकेनन् । फेरी अहिले उनिहरु सिँचाई कुलोको मागगर्दै सरकारी निकायहरु धाउनथालेका छन् । अहिले सिँचाई डिभिजन कार्यालयकाप्रमुख संदीप ढंगोलले उनिहरुलाई कुलो निर्माणका लागिपहलगर्ने आश्वासनदिएका छन् ।

बुझ्दा यहाँको समस्यागम्भीर रहेछ, फहिलेनै हुनुपर्ने कामभएन अब प्रदेश सरकारसंग विषेश महत्वका साथयहाँको सिँचाई कुलाकालागिमागगरिन्छ ।’ डिभिजन प्रमुख डंगोलले भन्नुभयो । पटक–पटकको आश्वासनले आजित बनेका यहाँकासिँचाई कुलो प्रभावितनागरिकहरुको समस्याकाबारेमा सरकार गम्भिर बन्नुपर्ने खाद्यअधिकार सम्बद्ध व्यक्तिहरुको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?