पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा

कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा । तस्बिर ः सुरेश भूल

सुरेश भुल
कैलाली , वैशाख २४ गते । कैलालीको गौरीगंगा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको छ ।

यस वडामा रहेका १६ देखि २३ महिनाका ७५ जना बालबालिकाहरु मध्ये ५४ जना बालबालिकाहरुले पुर्ण खोप पाएकोले वैशाख २३ गते गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको हो ।

यस वडामा रहेका ७५ जना बालबालिकाहरू मध्ये ५४ जनाले पुरा खाेप पाएकाे र अन्यलाइ पनि नियमित खाेप लगाउँने कार्यक्रम रहेकाे गौरीगङ्गा नगरपालिकाको वडा नं ११ अारधाभूत स्वास्थ्य केन्द्रका प्रमुख रामदत्त भट्टले बताउनुभयाे ।

पहिला स्वास्थ्य संस्था धेरै टाढा भएको कारण बालबालिकाहरु कतीपय खोपबाट वञ्चित हुने गरेका थिए । यती बेला वडापालिकाले खोप लगाउँन घरघरमै स्वास्थयकर्मी पठाएपछि अहिले बालबालिकाहरुले लगाउँने सबै खोप लगाएको गौरीगङ्गा ११ शिवपुरकी गायत्री रावतले बताउनुभयो ।

वडामा रहेका बालबालिकाहरु खोप लगाउँनबाट नछुट र नियमित लगाउँने खोप सबैले पाउँन भन्ने उद्देश्यले सञ्चालन गरेको खोप कार्यक्रम सफल भएपछि यती बेला यो वडालाई पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेको गौरीगङगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष साहेबलाल चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा यहाँ सबै स्वास्थ्यकर्मीहरूले गाउँमा गएर बालबालिकाहरूलाई नियमित खोप सेवा दिदा अहिले यो पुर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम गर्न सफल भएका छौ ।”

यहाँका बालबालिकाहरुले पुर्ण खोप पाइसकेपछि कतिपय रोगहरू कमि हुनुका साथै सम्पूर्णमा नियमित खोप लगाउन अनुरोध गर्दै आएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

गौरीगङ्गा नगरपालिका वडा नं ११ को आधारभूत स्वास्थ्य केन्द्र प्रमुख हे.अ. रामदत्त भट्टले सञ्चालक गर्नु भएको सो कार्यक्रममा वडा अध्यक्ष साहेबलाल चौधरी कार्यपालिका सदस्य हरिना देवि खाती वडा सदस्य हिरेन्द्र कडायत शिवआधारभुत विध्यालय का प्र.ह. अम्मर बहादुर बोहरा आधारभुत स्वास्थ्यकेन्द्र प्रमुख रामदत्त भट्ट खोप फोकल अ.न.मि. कल्पना कुमारी सार्की अ.न.मि. थल कुमारी शाही पत्रकार लगायत महिला स्वास्थ्य स्वयम सेविका लगायत सयौ भन्दाबढीको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?