महिलालाई गाउँमै जाैबाट बिस्कुट बनाउँने तालिम

तालिममा सहभागी महिला ।

हिक्मत भुल

दार्चुला, चैत २१ गते । दार्चुलाकाे अपिहिमाल गाउँपालिकाले स्थानीयलाई जौ बाट बिस्कुट बनाउने तालिम दिन थालेको छ।  स्थानीयकाे अायअार्जनमा वृद्धि गर्ने गरी पालिकाले महिलाहरुलाई गाउँमा पाइने जाै बाट विष्कुट बनाउँने तालिम दिन थालेकाे हाे ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले,अहिले पालिकाका १० जना उद्यमी महिलाहरुलाई बिस्कुट बनाउने सात दिने तालिम दिएको बताउँनुभयाे। उहाँले दुई महिना अघि व्यवसाय छनौट तालिम प्राप्त गरेका ती महिलाहरुलाई अहिले पुन सीपमूलक तालिम दिइएको बताउँनुभयाे।

गाउँमै विष्कुट बनाउँने तालिमपछि गाउँपालिकामा समेत उद्यमशीलतामा नयाँ आयाम थपिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष  बोहराले  बताउँनुभयाे । बिस्कुट बनाउने तालिम दिएका महिलाहरुलाई उद्योग सञ्चालनका लागि गाउँपालिकाले उपकरण, मेसिन खरीदमा समेत सहयोग गर्ने बाेहराले बाउँनुभयाे।

गाउँपालिका उपाध्यक्ष देवकी बोहराले स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्य सहित याे तालिम सञ्चालन गरिएको बताउँनुभयाे । तालिमका सहभागी महिलाहरुले आफूहरुलाई उद्यमतिर लाग्नका लागि याे तालिमले निकै सहज हुने बताउँनभुयाे।स्थानीय जौंबाट बिस्कुट बनाउने तालिम पाएका महिलाहरुले गाउँमै उत्पादित बिस्कुटको बजारीकरणका लागि गाउँपालिकाले थप सहयोग गर्नु पर्ने बताएका छन्   ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?