सामाजिक सुरक्षा भत्ता वडामै वितरण हुँदा जेष्ठ नागरिक हर्षित

क्याप्सन ः जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्की जेष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्नु हुँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, साउन २० गते । यती बेला बाजुराका अधिकाशं स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि जेष्ठ नागरिकको मुहारमा खुसी छाएको छ ।

सामाजिक भत्ता ल्याउन जाँदा लौरोको साहायताले घण्टौ पैदलमा हिँड्न दुख पाउँदै गरेका यहाँका जेष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै त्यो भत्ता पाउन थालेपछि उनीहरुको मुहारमा खुसी छाएको हो ।

यो भन्दा पहिला सामाजिक सुरक्षा भत्ता लिन जाँदा घण्टौ पैदल हिँडेर जानु पर्दथ्यो । अहिले त्यो भत्ता वडामै मिल्न थालेपछि निकै खुसी लागेको जगनाथ गाउँपालिका –५ का स्थानीय जेष्ठ नागरिक दाताराम आचार्यले बताउनुभयो ।उहाँले, गाउँ नजिक वडा कार्यालय छ । अब भत्ता त्यतैबाट मिल्ने भएपछि मैले भत्ताका लागि घण्टौ पैदल हिडेर जानु नपर्नेे बताउनुभयो ।

पहिला बाजुराका साविका गाविसले घर घरमै दिन थालेको समाजिक भत्ता स्थानीय सरकार गठन भएपश्चात् बैङ्कबाट उपलब्ध गराउँदै आएका छन् ।गाउँमा रहेका जेष्ठ नागरिक अर्थात वयोवृद्धहरुलाई बैङ्क निकै टाढा भएको कारण त्यो भत्ता लिन जाँदा समस्या हुन थालेपछि अहिले फेरी स्थानीय सरकारले त्यो सामाजिक भत्ता वडामै दिन सुरु गरेका हुन् ।

यसै क्रममा जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाले पनि पछिल्लो समय सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्तालाई वडाबाट नै दिने गरी हिमालय बैङ्कलाई सहकार्य गरेपछि अहिले त्यो भत्ता वडामा नै वितरण हुन थालेको जगनाथ गाउँपालिका वडा –५ को अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

उहाँले, अहिले वडाबाट सामाजिक भत्ता वितरण हुन थालेपछि यहाँका जेष्ठ नागरिक अर्थात वयोवृद्धहरुले पहिलेको जस्तो समस्या भोग्नु नपरेको बताउनुभयो । वडाबाट समाजिक सुरक्षा भत्ता विरतण गर्दा अपाङ्ग अशक्त असाहाय र जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने गरेको वडा अध्यक्ष सार्कीले बताउनुभयो ।

यहाँका स्थानीयले गाउँ ठाउँको विकास निर्माण गर्न र स्थानीयका हरेक समस्याको समाधानका लागि यहाँ पठाएकोले उनीहरुको सहजताका लागि काम गर्दै आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो । उहाँले , यो भन्दा पहिला यहाँका स्थानीयले भत्ता लिन जाँदा केही समस्या पाएपनि अबका दिनमा भने उनीहरुले त्यो समस्या भोग्नु नपर्ने बताउनुभयो ।

यहाँका स्थानीय सामाजिक सुरक्षा भत्ता अहिले वडाबाट नै उपलब्ध गर्दै आएका छन् । यो वडामा आएर पनि सामाजिक सुरक्षा भत्ता लिन नसक्नेहरुलाई घरमै दिने व्यवस्था गरेको जगनाथ गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?