किसानलाई स्याउ बिक्रीको चिन्ता

क्याप्सनः बुढीनन्दा ९ को पाण्डुसैनमा फेलेको स्याउ । तस्बिर ः सुदूरपाटी

शेर बहादुर सार्की
बाजुरा, भदौ ७ गते । बाजुराका स्याउ किसानलाई यती बेला स्याउ बिक्री गर्ने चिन्ता परेको छ ।

जिल्लाको पुर्वि उत्तर क्षत्रका हिमाली जगानाथ बूढीनन्दा स्वामिकार्तिक लगायतका अधिकाशं ठाउँका स्याउ यती बेला बारीमा स्याउ लटरम्म पाकेका छन् ।

विगतका केही वर्ष झै यो वर्षमा पनि मार्तडी कोल्टी सडक पहिरोको कारण बन्द भएपछि स्याउ बजारमा कसरी लिएर बिक्री गर्ने भन्ने चिन्ता लागेको हो ।

बारीमा स्याउँ लटरम्म स्याउ पाकेको छ । तर यता बाटो बन्द भएपछि स्याउ बजारमा कसरी लिएर बिक्री गर्ने चिन्ता लागेको बुढीनन्दा नगरपालिका ९ का स्याउ किसान कर्चेन थापा भोटले बताउनुभयो ।

उहाँले, भदौमा बारीमा स्याउ पाकेको छ । यता भने गत साउँन देखि अहिले सम्म मार्तडी कोल्टी सडक अवरुद्ध छ । अब ती स्याउ कसरी बजारमा लिएर बिक्री गर्ने चिन्ता परेको बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ र बूढीनन्दा लगायतका किसानको भदौमा स्याउ पाक्न सुरु हुन्छन् । तर नजिकमा बजार नभएपछि उनीहरुलाई ती स्याउन बिक्री गर्न कहाँ लैजाऊ भन्ने चिन्ता हुन्छ ।

मार्तडी कोल्टी सडकको बीच बीचमा गएको पहिरो बाटो बन्द अवरुद्ध बन्दै गएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वि उत्तर क्षेत्रका किसानले उत्पादन गरेको स्याउ बारीमा नै थन्किने सम्भावना छ ।

आफनै बारीमा अर्गानिक स्याउँ पाकेपनि समयमै बजार सम्म नलिन सक्दा केही स्याउ बारीमै कुहिएर जाने गरेपछि वर्षेनी निकै घाटा व्यहोर्नु परेको थापाले बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्र बाजुराले यो वर्षमा पनि बाटो अवरुद्ध भएको कारण स्याउँ किसानलाई ढुवानीमा समस्या भएपछि स्याउँ किसानको बारीबाट नै स्याउ ढुवानी अनुदानको व्यवस्था गर्न सकिने जनाएको छ ।

बाजुरामा १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेटिक टन उत्पादन हुन्छ । यो वर्षमा पनि त्यसको दुइ प्रतिशत कमीले स्याउ उत्पादन हुने आकलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रशाद जैसीले बताउनुभयो ।

उहाँले पहिला जगनाथ बूढीनन्दा स्वामिकार्तिकमा मात्र स्याउ उत्पादन हुने गरेको थियो भने अहिले हिमाली ,गौमुल, खप्तड छेडेदहमा पनि स्याउन उत्पादन हुने गरेको बताउनुभयो । बाजुरामा स्थानीय , फुुजी , गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताउनुभयो ।

यता लगातार परेको पानीका कारण सडक मर्मत गर्न समस्या भएको छ । पानी रोकिने वित्तिकै अवरुद्ध भएको बाटो सुचारु गर्ने तयारी रहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?