मासिदै जीउलो भरिदै घर

क्याप्पन ः पछिल्लो समय घरैघरले भरिदै गएको मार्तडी जिउलो । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा ,भदौ १० गते । जिल्ला सदरमुकाम मार्तडीवासीको भात खाने मार्तडी जिउलो पछिल्लो मासिदै गएको छ । पहिलेका पुस्ताले सयाँै मुरी भन्दाबढी धान उत्पादन गर्ने सो जिउँलो पछिल्लो पुस्ताले बिक्री गर्दै गएपछि मासिदै गएको हो ।

अहिले मार्तडी जिउँलो मासिदै गएपछि सो जिउलो घरैघरले भरिभराउ भएको छ । पहिला सोही जिउलोको नामले मार्तडी चिन्निने गथ्र्यो । भने अहिले जिउलो मासिदै गएपछि सो ठाउँ मार्तडी नामले चिनिन्न थालेको यहाँका स्थानीय बताउँछन् ।

बडिमालिका नगरपालिका वडा नं –८ मार्तडीका स्थानीय तथा एसियान लाइफ इन्सुरेन्स शाखा मार्तडीका प्रमुख बीरबहादुर थापाले , पहिलो सदरमुकाम टाँटे थियो । त्यो मार्तडी आएपछि केही जिउँलो बजार व्यवस्थापन गर्दा सकियो भने केही गरिबीका कारण यहाँका स्थानीयले बिक्री गर्दै गएपछि पछिल्लो समय मार्तडी जिउँलो मासिदै गएको बताउनुभयो ।

उहाँले, झण्डै १५० भन्दाबढी रोपनी जमिन भएको यो मार्तडी जिउँलो अहिले घरैघरले भरिएको छ । सदुरमुकाम मार्तडी पुगेपछि मार्तडीका स्थानीयले पनि जमिन बिक्री गर्दै गएको र बाहिरका स्थानीयले सो जमिन किन्दै त्यहाँ घर लगाउँदै गरेपछि पछिल्लो समय जिउलो मासिदै गएको बताउनुभयो ।

भात खाने जिउलोमा घरैघर बनेपछि अब यहाँका स्थानीयलाई भने खेती कहाँ लगाउँने भन्ने चिन्ता परेको छ । पहिलेका पुस्ताले यो जिउलोमा हिउँद गहुँ तरकारी र असारमा धान रोप्ने गर्दथ्ये । अहिले त्यो जिउलो बिक्री गर्दै गएपछि प्रत्येक वर्षमा घरैघर निर्माण हुन थालेका छन् ।

उता सेलाघाट , राप्का र बाउलीमा रहेको जमिन वर्षेनी खोलाले बगाउँनु यता मार्तडी जिउलो बिक्री हुँदै गएपछि मार्तडीबासी जमिनको अभाव हुँदै गएको प्रमुख बीरबहादुर थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?