स्याउँ बिक्रीका लागि सहर लगिँदै

क्याप्सन ः बाजुराको अर्गानिक स्याउ सहर लगिँदै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की 
बाजुरा ,असोज २३ गते । बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि सहरमा लगिएको छ ।

बाजुरामा उत्पादन गरिएको अर्गानिक स्याउले बजार नपाएपछि यहाँका कृषकले बिक्रीका लागि सहरमा लगिएको हो ।

स्थानीय सरकार,कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान ग्रेप परियोजनाले गरेको कार्टुनको सहयोगमा बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उत्पादन गरिएको स्याउ बिक्रीका लागि सहर लगिएको स्वामिकार्तिक गाउँपालीका –१ जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समय अधि बाटो बन्दका कारण बारीमै रहेको स्याउ यती बेला मार्तडी–कोल्टी सडक सुचारु भएसँगै बिक्री लागि जिल्ला भन्दा बाहिर लगिएको हो ।,,
गाउँमा उत्पादन गरेको अर्गानिक स्याउले जिल्लामा बजार नपाएपछि बिक्रीका लागि बाहिर लिनु परेको स्याउ किसान बताउँछन् ।

बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुरका उपभोक्ताका लागि बाजुराको अर्गानिक स्याउ कोल्टी–मार्तडी–साँफे–स्याउले हुदै धनगढी पुगेर बिक्री वितरण गर्ने योजना रहेको कृषक धनबहादुर रावलले बताउनुभयो ।

मार्तडी, बाम्का, साँफे, सिलगढी, दिपायल, स्याउले, बुडर, सहजपुर, अत्तरियाका उपभोक्ताले बाटोमै र धनगढीका उपभोक्ताका लागि धनगढी बसपार्कमा रहेको आर के मोवाईल ग्यालरीबाट २०८० असोज २४ गते देखि प्रति के.जि एक सय देखि १२० रुपियाँमा बिक्रि वितरण गरिने भएको छ ।

बाजुराको अर्गानिक स्याउलाई बिक्रीका लागि बारीबाट भरिया,खच्चरले पिलिचौर र पिलिचौर देखि ट्रयाक्टर,ट्रक मार्फत बाहिर लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्ति, बूढीनन्दा, गौमुल र खप्तड छेडेदह लगायतका स्थानीय निकायमा स्याउ उत्पादन हुने गरेको छ ।

अहिले पहिलो चरणमा स्वामिकार्तिक गाउँपालिकाको स्याउ बजारिकरणका लागि जिल्ला भन्दा बाहिर लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रशाद जैसीले बताउनुभयो ।

उहाँलेभन्नुभयो, “कृषकको बारी देखि बजार सम्मको ढुवानी अनुदानको व्यवस्था गर्दै पहिलो चरण एक ट्रक स्याउ पिलिचौर देखि कोल्टी, मार्तडी, बाम्का, अछाम, डोटी हुँदै धनगढी सम्म लगिएको छ ।,,

पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र स्याउ उत्पादन हुने स्याउ अहिले हिमालीमा, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ ।

यहाँ स्थानीय , फुुँजी , गाला र गोल्डेन स्थानीय स्याउ उत्पादन हुने गरेको छ । बाजुराको १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेट्रिक टन उत्पादन हुन्छ ।

यो वर्षमा पनि त्यसको दुइ प्रतिशत् कमीले स्याउ उत्पादन हुने आँकलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रशाद जैसीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?