भारतमा नौकरी गरी गाउँमा जमिनको तिरो

क्याप्सन ः सिँचाइ नहुँदा बाँझो रहँदै आएको खेती योग्य जमिन । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , मङसिर २१ गते । बाजुराका अधिकाशं ठाउँमा पछिल्लो समय खेती योग्य जमिन बाँझो रहँदै गएको छ ।

जिल्लाको पाखो तथा भिरालो ठाउँको जमिनमा सिँचाइ सुविधा नहुँदा त्यो वर्षेनी जमिन बाँझो रहँदै गएको हो ।

खेती लगाउन आफु सँग गाउँमा प्रशस्त जमिन भएपनि सिँचाइ सुविधा नभएकोले जमिन बाँझो राख्नु परेको बुढीगङ्गा नगरपालिका –१० का स्थानीय कृषक रुप सार्कीले बताउनुभयो ।

उहाँले भन्नभुयो,“ यता सिँचाइ नहुँदा जमिन सधै बाँझो राख्नु परेको छ । उता स्थानीय सरकारले त्यही जमिनको तिरो तिर्नु भन्छ । आफु सँग अन्य आयश्रोत केही नभएपछि अहिले भारतमा कमाई गरी नेपालमा जमिनको तिरो तीर्ने गरेको छु ।,,

गाउँको पुस्तौँ देखिको खानेपानीको समस्या बल्ल अहिले समाधान भएको छ । अब कतैबाट सिँचाइको पनि व्यवस्था भए बाँझो रहँदै गएको जमिन पनि सदुपयोग हुने सार्कीले बताउनुभयो ।

बुढीगङ्गा नगरपालिका –१० को पानीभुँवा, डाँडा, बाँउकुणा, माथीखेत, कबल्तोला, भतुडा, पाखेढुङ्गा र खिरेरुख लगायतका हजारौ रोपनी जमिनमा सिँचाइको सुविधा छैन् ।
त्यो ठाउँको जमिन खेती गर्न लागि निकै उपयोगी भएपनि तर सिँचाइ नहुँदा सधै बाँझो रहँदै गएको छ ।

गाउँको खेती योग्य जमिनका लागि सिँचाइको सुविधा भएको भए म जस्तै यहाँका अधिकाशं युवालाई कामको खोजीकै लागि भारतमा नजानु पर्ने उहाँकोे भनाइ छ ।
यता स्थानीय सरकारले गाउँमा जमिन बाँझो राख्नु हुँदैन त्यसको सदुपयोग गर्नु पर्छ भन्दै आएका छन् ।

गाउँमा जमिन प्रसस्त भएपनि सिँचाइको व्यवस्था नहुँदा खेती गर्न छोडेर यहाँका अधिकाशं युवा पेट पाल्नकै लागि भारतमा पलायन हुने गरेका छन् ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , गौमुल , बडीमालिका , बुढीगङ्गा , त्रिवेणी, र छेडेदह गाउँपालिका लगायतका दुइ लाख तीस हजार ३७ हेक्टर जमिन रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

त्यो मध्ये २२ हजार हेक्टर जमिन खेती योेग्य रहको छ । पाँच हजार २३५ हेक्टर जमिन वर्ष भरी सिँचाइ हुने गरेको भएपनि झण्डै सोह्र हजार ७६५ हेक्टर जमिनमा सिचाँइ नहुँदा सधै बाँझो रहदै आएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रशाद जैशीले बताउनुभयो ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?