बाजुराका एक हजार जना विद्यार्थी मात्र उत्तीर्ण

शिक्षा विकास तथा समन्रवय इकाई बाजुरा । तस्बिरः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , असार १३ गते । २०८० सालको एसईई परीक्षामा बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

एसइई परिक्षामा सहभागि भएका दुइ हजार ८३४ विद्यार्थी मध्ये एक हजार मात्र उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

एसइई परिक्षामा सहभागि भएका दुइ हजार ८३४ विद्यार्थी मध्ये एक हजार उत्र्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सुचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

उहाँले भननुभयो, “बाजुरामा नियमित २ हजार ८३४ विद्यार्थीमा १ हजार ४८७ छात्रा र १ हजार ३४७ छात्र सहभागि भएका थिए ।”

एसइई परिक्षामा सहभागि भएका दुइ हजार ८३४ विद्यार्थी मध्ये एक हजार उत्तीर्ण भएको र एक हजार ८३४ जना एनजीमा रहेको सुचना अधिकारी विष्टले बताउनुभयो ।

२०८० को एसइईमा बाजुराका ६७ विद्यालय सहभागि भएका थिए । जसमा १५ वटा परीक्षा केन्द्रः १५ तोकेका थिए । भने यसमा ३ वटा प्राविधिक र एकवटा धार्मिक धार तर्फको विद्यालय पनि सहभागि भएको शिक्षा विकास तथा समन्वय समिति बाजुराले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्