दानसाघु खोलामा पुल नहुँदा आउजाउमा समस्या

क्याप्सन ः बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा ज्यान जोखिममा राखेर मोडरसाइल चलाउँदै गरेका स्थानीय । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, असार १ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा पुल नहुँदा आउजाउमा निकै समस्या हुने गरेको छ ।

मार्तडी देखि कोल्टी सडक सुचारु भएको दश वर्ष पछि पनि दानसाघु खोलामा पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई वर्खाको समय आउजाउमा समस्या हुने गरेको हो ।

पानी थोरै हुँदा हिउँदको महिना खोला तर्न सहज भएपनि वर्खाको समय पानीको वहाव बढ्दै जाने गरेकोले सवारी साधानलाई आउजाउमा समस्या हुने गरेको गाडी चालक पदम बडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उता साँफे–मार्तडी सडक अन्तरर्गत पर्ने जडाङ्गमा दुइ पुल यता मार्तडी कोल्टी सडक अन्तरर्गत पर्ने दानसाघु खोलामा भने एकै नाई ।”

पुल नहुँदा वर्खाको समय गाडी वारी रोकिने भएकोले कोल्टी , हिमाली , जगनाथ र स्वामिकार्तिकका व्यापारीलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको बडुवालले बताउनुभयो ।

२०७२ साल देखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पुर्वि उत्तर क्षेत्रका स्थानीयलाई दैनिक खाद्यान सामाग्री ढुवानी सहज भएको कोल्टीका स्थानीय राजेन्द्र रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदका केही दिन बस, ट्रक , जीप र ट्क्याटर मार्तडी देखि कोल्टी सुचारु हुँदै आएपनि वर्खा ती सबै सवारी साधान दानसाघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई वर्खाको समय सामान ढुवानी गर्न निकै समस्या हुने गर्छ ।”

दानसाघुमा स्थायी रुपमा पुल नहँुदा वर्खाको समय यहाँका व्यापारीले भरियाद्धारा सामान ढुवानी गराउँने हुँदा स्थानीयबासीलाई सधै चर्को मुल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता हुने गरेको रोकायाले बताउनुभयो ।

यहाँका नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुलाई जडाङ्गामा रहेको बेलिव्रिजलाई दानसाघुमा लिने सहमति बनाएको भएपनि पैसा अभावका कारण त्यो पुल यता ल्याउन नसकेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनुभुयो ।

उहाँले भन्नुभयो, “ दानसाघु खोलमा तत्काल बेलिव्रिज हाल्नका लागि प्रदेश र सङ्घीय सरकार सँग माग गर्दै आएको भएपनि अहिले सम्म सुनुवाई भएको छैन् ।”

स्थानीय सरकारले पुल बनाउँन सक्ने सम्भावना छैन् । प्रदेश र सङ्घीय सरकारले रकम हाल्दैन । त्यसैले यो खोलामा पुल निर्माण हुन नसकेको बोहराले बताउनुभयो ।

भौतिक पुर्वाधार विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशले भौतिक पुर्वाधार विकास मन्त्रालय सडक विभागको चन २८१ मिति २०८० माघ २२ गते को पत्रअनुसार तीन वटा यस मन्त्रालयबाट

कान्र्यान्वयन गर्ने गरी त्यहाँ कार्यालयबाट उपलब्ध गराउँने सहमति भएकोमा अनाईगाड खोलामा र भौनेराखोलामा हाल मोटरेवल पुल निर्माण भइरहेकोले बेलिव्रिज आश्यक नपर्ने तथा बाजुरा जिल्लाको मार्तडी देखि कोल्टी सडक खण्डको दानसाँघु खोलामा अति आवश्यक रहेको करिब ४० मिटर बेलिव्रिज उपलब्ध गराई दिन अनुरोध छ भनेर सङघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई पत्रकार गरेको छ ।

तर अहिले सम्म यो खोलामा पुल बनेको छैन् । यहाँका स्थानीयलाई यो पत्र कार्यन्वयन भए नभएको बारेमा केही जानकारी छैन् ।

यहाँका स्थानीयले पटक पटक पुल निर्माणका लागि माग गर्दै आएका भएपनि अहिले सम्म कतैबाट पनि सुनुवाइ भएको छैन् ।

मार्तडी देखि पीलिचौर सम्मको सडक निर्माणको मात्र हामीलाई जिम्मा भएकोले सानसाघुको पुलको बारेमा भने केही जानकारी नभएको भौतिक पुवार विकास कार्यालय साँफेबगर अछामका सुचनाअधिकारी देखि प्रशाद उपाध्यायले बताउनुभयो ।

सडक डिभिजन कार्यालय अछामको साँफे देखि मार्तडी सम्मको सडकको मात्र जिम्मा भएकोले त्यो भन्दा माथिको सडक तथा पुलका बारेमा आफुलाई कुनै जानकारी नभएको सडक डिभिजन कार्यालय अछामका सुचना अधिकारी आकाश श्रेष्ठले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्