भारतको नौकरी छोडेर गाउँमै उद्योग सञ्चालन

क्याप्सन ः खप्तड छेडेदह गाउँपालिका वडा नं. –५ का स्थानीय पुस्पराज सुनारले गाउँमै सञ्चालन गरेको कृषि औजार उद्योगबाट निर्माण गरेका हँसिया । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, जेठ ३२ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न.ं –५ डोगडीका स्थानीय युवा पुष्पराज सुनारले भारतको नौकरी छोडेर गाउँमै कृषि औजार उद्योग सञ्चालन गर्दै आउनु भएको छ ।

लामो समय भारतमा बसेर नौकरी गरेपनि त्यहाँ परिश्रम गरे अनुसारको पैँसा नमिलेपछि उहाँले गाउँमै आएर कृषि औजार उद्योग सञ्चालन गर्नु भएको हो ।

आर्थिक अभावका कारण घरपरिवार पाल्नकै लागि भारतमा नौकरी गर्न गए तर त्यहाँ आफुले काम गरेअनुसारको ज्याला नपाएपछि अहिले गाउँमै आएर कृषि औजार उद्योग सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं. –५ डोगडीका स्थानीय युवा पुष्पराज सुनारले बताउनुयो ।

उहाँले भन्नुभयो, “ भारतमा बोज बुक्नु , चौकीदार गर्नु , कोठीमा सरसफाइ गर्नु भन्दा त आफ्नै गाउँमै केही गरेर खानु पर्छ भन्ने बल्ल मेरो सोचमा परिवर्तन आएपछि मैले अहिले गाउँमा आएर कृषि औजार उद्योग सञ्चालन गरेपछि घरैमै राम्रो कमाइ गर्न थालेको छु ।”

२०८० चैत ५ गते गाउँमै घटाल कृषि औजार उद्योग सञ्चालन गरेपछि अहिले अहिले मै दुइ चार जना अरुलाई समेत जागिर दिएको सुनारले बताउनुभयो ।

उद्योग सञ्चालन गर्नका लागि आफु सँग आर्थिक थिएन । गाउँमा विभिन्न सङ्घ संस्था सहकारी , बैङ्क , लघुवित्त सँग ऋण माग गरे तर आफुलाई कसैले नपत्याएनन् । त्यसपछि आफुले गाउँकै एक जना सँग सयकडा तीन रुपयाँ ब्याज तीर्ने गरी दुइ चार लाख रुपियाँ ऋण पाएपछि उद्योग सञ्चालन गर्न सहज भएको उहाँले भन्नुभभो ।

आफु गाउँमा बस्दा केही नौकरी नपाएर भारतका विभिन्न ठाउँमा काम गर्न जान बाध्य भएका सुनारले अहिले गाउँमै दुइ चार जनालाई रोजगारी दिनु भएका सुनारले भन्नुभयो, “अहिले मलाई फलाम पीट्ने मेसिनको निकै खाँचो छ । त्यो मेसिन यहाँ पाउँदैन । भारतको कल्कत्तामा मात्र पाउँदो रहेछ । त्यसको मुल्य झण्डै छ लाख भारु पर्दो रहेछ । आफु सँग त्यत्रो पैसा छैन् । ऋण जोखो गरे बल्ल यो उद्योग सञ्चालन गरेको छु । त्यो मेसिन ल्याउन पाएपछि मलाइ निकै सहज हुने थियो ।”

गाउँमै मैले यो व्यवसाय सञ्चालन गर्नका लागि स्थानीय प्रदेश सरकार सँग आर्थिक सहयोगको माग गरे तर कतैबाट मिलेन । गाउँमै गरी खाने युवाका लागि केही सहयोग मिलेपछि व्यवसाय सञ्चालन गर्न निकै सहज हुने थियो ।

कामै नगरेर खानेहरुका लागि अनुदान मिल्छ । काम गरेर खानेका लागि कुनै अनुदानका कार्यक्रम मिल्दैनन् सुनारले दुःखेसो पोख्दै भन्नुभयो ।

गाउँमै गरी खानेका लागि बाख्रापालन भैसी पालन कुखुरा पालन तरकारी खेती लगायतका कृषि सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको छेडेदह गाउँपालिकाले जनाएको छ ।

अबका दिनमा गाउँमै कृषि सामाग्री उत्पादन गर्ने उद्योगी व्यवसायीहरुका लागि समेत केही अनुदानका कार्यक्रम सञ्चालन गर्ने तरकारी भइरहेको छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्