आर्थिक सहयोगको खोजीमा सुकुमकला

क्याप्सन ः आर्थिक अभावका कारण उपचार गराउँन समसया भाेग्दै गरेकी हिमाली -६ पाडीकी सुकुमकला रोकाया । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, जेठ २३ गते । बाजुराको हिमाली गाउँपालिका वडा नं –६ पाँडीकी सुकुमकला रोकाया आर्थिक सहयोगको खोजीमा रहेकी छन् ।

२०८१ साल जेठ ५ गते गाउँ नजिकैको वनमा घाँस काट्ने क्रममा लडेर घाइते हुनु भएकी रोकाया अहिले नेपालगन्ज स्थित भेरी अस्पतालमा हुनुहुन्छ ।

घरको आर्थिक अवस्था कम्जोर तथा अन्य कोही आफन्त नभएकोले उहाँ यती बेला ज्यान जोगाउनका लागि आर्थिक सहयोगको खोजीमा रहेकी हुन् ।

भेरी अस्पतालका अनुसार उहाँको अवस्था किनै खतरा रहेकोले उहाँलाई छ्ट्टिै आईसियुमा राख्नु पर्ने भएको भएपनि आर्थिक अभावका कारण बील नकाट्न सकेपछि आईसियुमा राख्न नसकिएको हिमाल िगाउँपालिका ६ का स्थानीय कर्णबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत पुसमा श्रीमानको मृत्यु भयो । घरमा चार वटा ससाना छोरा छोरी मात्र छन् ।”

उहाँको उचपारका लागि आर्थिक जुटाउँन सक्ने अन्य कोही नभएकोले यती बेला उहाँको ज्यान बचाँउनका लागि यो अभियान चालएको रावलले बताउनुभयो ।
रोकायाको उपचारका लागि अस्पतालको जानकारी अनुसार झण्डै चार पाँच लाख भन्दाबढी खर्च लाग्ने छ ।

मावन मन भएकाहरुले दिएको सानो सहयोगले रोकायाको उपचारका लागि धेरै राहत पुग्ने भएकोले सहयोग गर्न चाहानु हुनेका लागि उहाँको ईसेवा आईडी ९८६३१००६८२ र सानिमा बैंकको खाता नम्वर ०७४०११०५०००००४८ रहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्